• Breaking News

    Tuesday, June 20, 2017

    साउदी अरबको ग्यास प्लानमा काम गर्दा गर्दै दुइ नेपालीको मृत्यु

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    रुद्र शर्मा (आचार्य) साउदी ।
    साउदी अरबमा कार्यरत दुइ नेपालीको गत सनिबार १७ जुन २०१७ का दिन कार्य स्थल मै निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जुबेल स्थित रहेको
     कम्पनीमा कार्यरत खोटांग जिल्ला दिक्तेल नगरपालिका ०१ का बाल कृष्ण बस्नेत र दाङ्गका झबिन्द्र बन्जाडेको मृत्यु भएको मृतक बस्नेतका भतिज प्रेम बस्नेतले जानकारी दिएका छन् भतिज प्रेम बस्नेत पनि साउदी अरबमै बिगत लामो समय देखि काम गर्दै आएको बताउछन ।मुस्लिम हरुको पबित्र पर्ब रमदानको समयमा काम गर्ने समय केहि कम भएको हुदा काम दिनको ३ बजे नै सकिएको थियो । ग्यास प्लान भित्रको काम रहेको हुदा काम सकिने समयमा हतार हतार काम गर्ने हुदा ग्यास लिग भएर ३ बजे नै निधन भएको रहेछ तर उनीहरु मृत्यु भएको खबर भने करिब २ घण्टा मात्रै थाहा भएको थियो ।


    मृतक बस्नेत भने २० दिन पहिले मात्रै छुट्टि काटेर साउदी अरब गएका थिए, करिब ४३ बर्षका बस्नेतका नाहाबालक १ छोरा र १ छोरि छन् । बस्नेतले निकैनै लामो समय देखि खाडी मुलुक कतार, साउदी र दुबाईका मुलुकमा काम गर्दै आएका थिए । लामो समय खाडीका मुलुकमा परिश्रम गरेका हुदा छुट्टी बाट साउदी फर्किन लाग्दा घरबाट श्रीमति लगाएत आफन्तहरुले अब नेपालमै केहि गरेर बस्नु भन्दा म अब १ बर्ष मात्रै बसेर आउछु भन्दै बिदा मागेर साउदी गएका थिए आखिर त्यो बिदाइ नै सधैको लागि बिदाइ हुन पुग्यो । त्यसै गरि मृतक बन्जाडे पनि केहि महिना पहिले छुट्टि काटेर साउदी आएका थिए l मृतक बन्जाडेका पनि नाहाबालक १ छोरा र १ छोरि छन् ।
    मृतक बस्नेतका भतिज प्रेम बस्नेतका अनुसार हाल दुबै मृतकहरुको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । मृतकहरुको शब नेपाल चाडो भन्दा चाडो नेपाल पठाउन समेत प्रेम बस्नेतले सोहि कम्पनिमा गएरा सम्बन्धित ब्याक्ति सग पहल गरेका छन् । करिब ३ दिन पहिले यो घटना घटे पनि आज मात्रै साउदी अरब स्थित नेपाली दुताबास लाइ जानकारी दिएका छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture