• Breaking News

    Saturday, June 24, 2017

    कतारलाई छिमेकी देशको यस्तो चेतावनी : कतारले यी माग पुरा नगरे सँधैका लागि सम्बन्ध तोड्ने धम्कि ..

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    असार १० – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छिमेकी देशहरुले आफुहरुले राखेका १३ बुँदे माग पुरा नभए कतारसँग सँधैका लागि सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

    .

    सम्बन्ध सुधारका लागि शुक्रबार १३ बुँदे माग राखेका देशहरुले कतारले आफ्ना मागलाई गम्भिर रुपमा नलिएर उनीहरुकै शब्दमा ‘डिभोर्स’ गर्ने चेतावनी दिएका हुन् ।

    .

    युएईका परराष्ट्रमन्त्री अनवार गरगाशले कतारले आफुहरुले राखेका माग सम्बोधनमालागि चासो नदेखाए डिर्भोसका लागि तयार हुनु पर्ने बताउनुभएको अरब न्युजले उल्लेख गरेको छ ।

    .

    युएई, साउदी, बहराइन र इजिप्टले शुक्रबार कतारसँग १३ बुदे माग राखेका छन् । उनीहरुले कतारको टेलिभिजन च्यानल अल जजीरा बन्द गर्नुपर्ने, इरान र टर्कीसँगको सम्बन्धलाई घटाउनु पर्ने लगायतका माग राखेका हुन् ।

    .

    यस्तै उनीहरुले आफ्ना माग पुरा नभएसम्म कतारमाथि लगाएको प्रतिबन्ध पनि नफुकाउने बताएका छन् । छिमेकी देशहरुको पछिल्लो माग बारे कतारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    .

    कतारसँग युएई, साउदी, बहराइन लगायतका नौ देशले कतारले आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै कुटनीतिक सम्बन्ध तोडेका छन् । तर कतारले यो आरोपको खण्डन गरिसकेको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture