भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदा त्यहाँका जनता खुसी छन् । तर उनको सुरक्षामा खटिने प्रहरीहरुले भने सास्ती खेप्नु परेको छ ।
सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा हुने चुनावी सभामा देउवा पुग्ने गरेका छन् । जहाँको बाटो कच्ची छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कच्ची सडकको विशेषता नै हो ।
प्रधानमन्त्री देउवा शनिबार विहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट दक्षिणी क्षेत्र बेलौरी पुग्दा पनि प्रहरी अधिकारी तथा कर्मचारीहरुले सास्ती बेहोर्नु पर्यो । प्रधानमन्त्रीको सवारी व्यवस्थापनका लागि सक्रिय ट्राफिक प्रहरीले धुलो र हिलोसँग लडिबुडी गरेर काम गर्नु पर्यो ।
देउवाको सवारी व्यवस्थापनका लागि सदरमुकाम महेन्द्रनगरबाट बेलौरी पुगेका केही ट्राफिक प्रहरीको मुख समेत धुलोले ढाकिएको थियो । धुलोका कारण आफूहरुले राम्ररी श्वास समेत फेर्न नपाएको उनीहरुले सुनाए ।
प्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र मानिएको बेलौरीमा सडकको अवस्था भने अहिलेसम्म पनि सुधार हुन सकेको छैन ।
विभिन्न राजनीतिक दलहरुले पटक पटक चुनावी एजेण्डा बनाउने उक्त सडक निर्माणका लागि खास पहल भने कुनै पनि दलले लिन सकेका छैनन् । बाटो नबन्दा सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने सडक छेउमा बस्ने स्थानीय सधैं धुलो र हिलो सहन बाध्य छन् ।
Loading...
No comments:
Post a Comment