• Breaking News

    Friday, June 23, 2017

    अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खुला

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    विहीवार राती देखी पहिरोका कारण बन्द हुन पुगेको नारायणगढ मुग्लिङ सडकखण्ड २० घण्टापछी खुलेको अधिकारीहरुले बताएका छन्।
    लामो समयसम्म सडक अवरुद्ध हुंदा यात्रुहरुले साह्रै दु:ख पाउनु परेको गुनासो गरेका छन्।
    बिहीबार राती ९ बजे देखी बन्द भएको नारायणगढ-मुग्लिङ सडकमा खसेको पहिरो हटाएर शुक्रबार सांझ साढे ६ बजे देखि सवारी आवागमन खुला गरिएको हो।
    उक्त सडकखण्डको मुग्लिङबाट नारायणगढ तर्फ ३ किलो मिटर र ४ किलो मिटरको दुरीमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको थियो।
    सो राजमार्गमा पहिरोमा परी प्रहरीको सवारी सधान र एउटा मालवाहक ट्रक पुरिएको, दुईजनाको ज्यान गएको र कम्तिमा दुईजना वेपत्ता रहका अधिकारीहरुले बताएका थिए।
    बेपत्ताको खोजी कार्यका कारण पहिरो हटाउन लामो समय लागेको नारायणगढ-मुग्लिङ सडक आयोजनाले जनाएको छ।
    आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ''दुईजना प्रहरी हराईरहेकोले पहिरो हटाउन समय लागेको हो र पहिरोको ढुङ्गा माटो लोड गरेर अन्तै फाल्न लैजानु पर्नाले समय बढी लाग्यो।'
    पहिरो गएको स्थानमा प्रहरीको जीप ट्रक खसेको र २ प्रहरी हराईरहेकोले पहिरो हटाउन समय लागेको हो र पहिरोको ढुङ्गा माटो लोड गरेर अन्तै फाल्न लैजानु परेकोले समय लागेको हो।
    शिव खनाल, सूचना अधिकारी, नारायणगढ मुग्लिङ सडक आयोजना
    जोखिम
    पहिरो
    सडक खुले पनि त्यहां पहिरोको जोखिम कायमै रहेको र पानी पर्नासाथ फेरि पहिरो जान सक्ने डर रहेको चालकहरुले बताएका छन् ।
    लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु सडक मै अलपत्रमा परेका थिए भने नारायणगढ र मुग्लिङको दुवैतर्फ करिब ९/९ किलोमीटरसम्म सवारी साधनको लाईन लागेको थियो ।
    वर्षासँगै उक्त सडकबाट यात्रा गर्दा जोखिम बढ्दै गएपछी वैकल्पिक राजमार्ग अपनाउन जिल्ला प्रहरी कार्यलयले आग्रह गरेको छ ।
    विहीवार राती गएको पहिरोले प्रहरीको एक जीप र ट्रक वगाउंदा दुई जना प्रहरीको मृत्यु भएको र दुई जना प्रहरीहरु हराईरहेका अधिकारीहरुले बताएका छन् ।
    दिनभर खोजी कार्य जारी रहेपनि हराईरहेको जीप र प्रहरीहरु फेला पार्न सकिएको छैन।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture