• Breaking News

    Thursday, June 22, 2017

    अमेरिकाले साउदी अरब र युएईलाई दियो धम्की, कारण यस्तो

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी–कतार संकटबारे अमेरिकाको स्टेट डिपार्टमेन्टले एक विज्ञप्ति जारी गरेको छ । उसले कतारसँग भएको कुटनीतिक संकटलाई लक्षित गर्दै साउदी अरेबिया र युएइलाई धम्की दिएको छ ।

    कतारको विषयमा साउदी अरेबिया उत्तेजित भएको स्टेट डिपार्टमेन्टले बताएको छ । स्टेट डिपार्टमेन्टका प्रवत्ताले भनेका छन्,‘ यसले प्रशासनलाई घुमाउने प्रयास गरेको छ । आतंवादलाई सहायता गरेको आरोप लागेको कतारमाथि लगाइएको नाकाबन्दीबारे साउदी अरेबिया र युएइले हालसम्म सार्वजनिक रुपमा कुनै पनि टिप्पणी बाहिर ल्याएका छैनन् ।’

    ‘जति समय बित्दै गयो त्यति नै समस्याहरु बढ्दै गइरहेका छन् । साउदी अरब र युएइले गरेको निर्णयप्रति शंका पनि बढ्दै गइरहेको छ ।’ उनले भने ।उनले थप्दै भने,‘यो बिन्दुमा आइपुग्दा एउटा प्रश्नले हामीमाझ उब्जेको छ ।

    के आतंकवादलाई सहयोग गरेकै आधारमा साउदी तथा युएइले कतारविरुद्ध नाकाबन्दी गरेका हुन् वा लामो समयदेखि जिसिसि देशहरुबीच चलेको कटुताका कारण हो ?

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साउदी भ्रमणमा पश्चात उक्त नाकाबन्दीको समर्थन गरेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । तर, पछिल्लो पटकको कतारसँगको अमेरिकी सम्बन्धले नयाँ सम्बन्धको सुरुवात भएको देखाएकोछ ।

    अमेरिकाले कतार र छिमेकी राष्ट्रहरुबीच भएको सम्बन्धबारे पहिलो पटक चासो देखाएको हो ।कतारले नाकाबन्दी नहटाइन्जेलसम्म कुनै पनि खाले वार्ता नगर्ने बताउँदै आइरहेको छ ।

    source globalnepalipatra
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture