भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रस्तुत १३ बुँदे माग भित्र कतारले मुस्लिम ब्रदरहुड लगायतका हेजबोल्लाह,अल कायदा र आइएसआइएस जस्ता आतंककारी घोषित समुह संगको सम्बन्ध पुर्णरुपमा तोड्न पर्ने रहेको छ । जसमा कतारको नीतिले ज्यान तथा सम्पती गुमाएका आफ्ना नागरिकहरुलाई क्षतिपूर्ति बापतको रकम दिनपर्ने समेत मागको सूचीमा उल्लेख गरिएको अल जजिराले लेखेको छ ।
साथै माग स्विकार्न कतारलाई १० दिनको समयावधि समेत तोकिएको छ ।
रेउटर्स र सम्बन्धित प्रेस न्युज एजेन्सीले उक्त मागको सूची कुटनीतिक समस्या भोगिरहेका राष्ट्रहरुमध्ये एक बाट प्राप्त गरेको जनाएको छ । तर कतार र कुवेतले भने उक्त माग आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् ।
साउदी अरेबिया,इजिप्ट,युएई बहराइन लगायतका देशहरुले आतंककारी संगठनहरुलाई सहयोग गरेको आरोप लगाउँदै जून ५ देखि कतार संगको सम्बन्ध अन्त्य गरेको थियो । तर कतारले यस आरोपलाई नकार्दै आईरहेको छ ।
छिमेकी राष्ट्रहरुले राखेको मागको सूची यस्तो छ
१.कतारले आधिकारिक रुपमा इरान संगको कुटनीतिक सम्बन्ध अन्त्य गर्नुपर्ने,कतारमा इरानको कुटनीतिक मिसन बन्दगर्नपर्ने,इरानको क्रान्तिकारी सुरक्षा फिर्ता पठाउने,सैन्य तथा बौद्धिक समन्वय तोड्नपर्ने रहेको छ । साथै अमेरिका लगायत अन्तर्राष्ट्रिय सम्मता अनुरुप गल्फ काउन्सिलको सुरक्षामा दखल नपर्नेगरि इरानसंगको व्यापार तथा वाणिज्य कारोबार भने गर्न पाउने ।
२.बनाउँदै गरेको टर्की सैनिक बेस तत्काल हटाउन पर्ने र कतारको सिमाना भित्र टर्की सैनिक संगको सैन्य अभ्यास बन्द गर्नपर्ने ।
३.मुस्लिम ब्रदरहुड,आइएसआइएस,अल कायदा,फतेह अल शाम र लेबनानको हेजबोल्लाह लगायतका साउदी,युएई,बहराइन र इजिप्टले हाल आतकंकारी घोषणा गरेको र भविष्यमा गर्ने संगठनहरु संगको सम्बन्ध आधिकारिक रुपमा अन्त्य गर्नपर्ने ।
४.साउदी,युएई,बहराइन र इजिप्ट,अमेरिका लगायत अरु देशले आतकंकारी घोषणा गरेको संगठन वा व्यक्ति लाई कुनैपनि तरिकाले सहयोग गर्न नपाउने ।
५.कतारमा रहेका साउदी,युएई,बहराइन र इजिप्ट,अमेरिका लगायत अरु देशले आतकंकारी घोषणा गरेको संगठन वा व्यक्तिलाई उनीहरुको आफ्नै देशमा बुझाउनपर्ने । उनीहरुको सम्पती फ्रिज गर्ने र उनीहरुको बसाई,क्रियाकलाप र अन्य विवरण पेश गर्नपर्ने ।
६.अल जजिरा नेटर्वक र यसका अन्य संस्थाहरु खारेज गर्नपर्ने ।
७.छिमेकी देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने, साउदी,युएई,बहराइन र इजिप्टले सार्वधिक खोजीको सूचीमा राखेका नागरिकहरुलाई कतारी नागरिकता दिन नपाउने ।
८.कतारको नीतिले विगतमा ज्यान तथा सम्पती गुमाएका आफ्ना नागरिकहरुलाई क्षतिपूर्ति बापतको रकम तिर्नपर्ने ।
९.साउदी अरेबियाले २०१४ मा गरेको सम्झौता अन्र्तगत कतारले गल्फ तथा अरब राष्ट्रहरु संग सैन्य,राजनीति,सामाजिक र आर्थिक सम्बन्धमा सहमत जनाउन पर्ने ।
१०.कतारले विगतमा सहयोग गरेका अरब राष्ट्रको प्रतिपक्षहरु संगको सम्बन्ध अन्त्यगरि उनीहरुको व्यक्तिगत तथा सहयोग विवरण पेश गर्नपर्ने ।
११. अरब२१,रस्सद,अल अरेबी,अल जदिद,मेकामेलिन रमिडल एस्ट आइ जस्ता संञ्चार माध्यमहरुलाई कतारले जानी वा नजानी गरेका सहयोग बन्द गर्नपर्ने ।
१२.दश दिन भित्र यी सबै माग स्विकार्न पर्ने ।
१३.माग स्विकार गरेपछि पहिलो वर्ष हरेक महिना,दोस्रो वर्ष तेस्रो महिना र दश वर्ष सम्म हरेक वर्षमा गरिने सम्झौता परिक्षणमा सहमत हुनपर्ने ।
सेयर गर्नुहोस
Loading...
No comments:
Post a Comment