• Breaking News

    Friday, June 23, 2017

    दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    दुबई अन्तर्राष्ट्रिय एयरपोर्टले लगेज (एयरपोर्टबाट लैजाने ठुलो झोला) सम्बन्धी नयाँ नियमावली सार्वजनिक गरेको छ । नयाँ नियमअनुसार कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधिएको लगेज अबदेखि लैजान पाईने छैन । यसबाट विदेश जाने र आउने नेपालीहरु प्रभावित हुनेछन् ।

    सुचनामा के के छ ?

    नयाँ नियमअनुसार दुबई एयरपोर्टले बाटुला वा गोलाकार ब्याग रोक्ने जनाएको छ । त्यस्तै च्याप्टो आकार नभएका ब्यागहरु रोक्ने सूचना दुबई एयरपोर्ट प्रसाशनले जनाएको छ ।
    निमयित र चलनचल्तीका ब्यागलाई मान्यता दिँदै अनियमित आकारका ब्यागहरुको प्रयोग नगर्न सर्वसाधारण यात्रुहरुलाई आग्रह गरिएको छ । त्यसरी नै लगेजहरुमा क्षमताभन्दा भारी तौल भएका सामग्री नराख्न एयरपोर्टको सुझाव छ ।
    दुबई एयरपोर्ट भएर आवतजावत गर्ने एयरलाइन्सका प्रतिनिधिहरुलाई यस विषयमा जानकारी दिइएको उक्त नयाँ नियम ८ मार्च २०१७ देखि लागू हुनेछ ।
    वैदेशिक रोजगारीबाट फर्किने अधिंकाशले आफ्नो लगेजको सुरक्षाको लागि डोरीले बाँध्ने गरेका थिए
    स्रोत: http://www.onlinekhabar.com
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture