• Breaking News

    Thursday, June 22, 2017

    संसदमा कुर्सी फुटाल्ने माओवादी सांसदको अर्काे उदण्डताः सप्तरीमा एलडीओमाथि हमला

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    सप्तरी, ८ असार । संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।

    .

    संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए ।

    .

    त्यतिबेला देखिनै उग्र स्वभाव देखाउँदै आएका यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।

    .

    पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।

    .

    यता स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको पुष्टि गरे । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्,’ उनी भन्छन् ।

    .

    यता सांसद यादवले आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् ।

    साभार :- दैनिक नेपाल डट कम बाट
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture