भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
तत्कालीन समस्या समाधानका लागि सुरक्षा अपनाउनका निम्ति विमानस्थल कार्यालले एक घन्टा विमानस्थल बन्द गरेर अभ्यास गर्न लागेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अभ्यासको सिलसिलामा सर्वसाधारणले विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देख्ने सक्ने बताएको छ। उक्त समयमा विमानस्थलमा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा गतिविधिमा तिव्रता आएको देख्न सकिने छ।
विमानस्थल कार्यालयले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको बताएको छ।
विमानस्थल कार्यालयले उक्त अवधिमा हुने धुवाको मुस्लो, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको दौडधुप नियमित अभ्यसाका लागि मात्र हुन लागेको समेत सर्वसधारणलाई जानकारी गराएको छ। अन्नपूर्णपोष्ट बाट
Loading...
No comments:
Post a Comment