• Breaking News

    Thursday, June 22, 2017

    कतार जाने हवाई भाडा बढ्ने आशंका ! यी हुन् अब कतार उड्ने र नेपाल फर्कने उडानहरु

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द गरिसकेका छन्।

    तर, त्यहाँ पुग्ने विकल्प भने बन्द भइसकेको छैन। ‘अब वायुसेवा कम्पनीले मौकाको फाइदा उठाउँदै दोहा गन्तव्यको भाडा बढाउन सक्छन्,’ एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेसन (सोट्टो) नेपालका निर्वतमान अध्यक्ष यमबहादुर खड्का भन्छन्, ‘यसलाई नेपाल एयरलाइन्सले हस्तक्षेप गर्न सक्नुपर्छ ।’ एयर इमिरेट्स, इत्तिहाद एयर, एयर अरेबिया र फ्लाई दुबईले दोहा उडान रद्द गरेका छन् ।

    अब कतार उड्ने र नेपाल फर्कने उडान

    काठमाडौं–दोहा : कतार एयरलाइन्स
    काठमाडौं–दोहा : नेपाल एयरलाइन्स
    काठमाडौं–दोहा : हिमालय एयरलाइन्स
    काठमाडौं–ढाका–दोहा : विमान बंगलादेश
    काठमाडौं–मस्को–दोहा : ओमन एयर

    हाल सम्म नेपालीलाई समस्या परेको खबर छैन : परराष्ट्र

    कतारमाथिको कूटनीतिक संकटपछि त्यहाँ कार्यरत नेपाली नागरिक समस्यामा परेको गुनासो भने नआएको परराष्ट्र मन्त्रालयले बताएको छ । ‘हामी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासस“ग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ लिइरहेका छौँ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘अहिलेसम्म नकारात्मक खबर केही पनि आएको छैन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

    ट्रम्पको आग्रहमा कतारमाथि प्रतिबन्ध लगाइएको आरोप 

    मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध ताडेको दाबी गर्नुभएको छ । आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दाबी गर्नुभएको छ । केही समयअघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारीलाई आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाई छ ।

    आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दाबी छ । झण्डै दुई हप्ताअघि ट्रम्पले मध्य पूर्वको भ्रमण गर्नुभएको थियो । ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रुपमा लिएका छन् ।

    साउदी अरेबियाको भ्रमणको क्रममा ट्रम्पले इरानमाथि पनि अस्थिरता फैलाएको आरोप लगाउनु भएको थियो । आफूसँगको सम्बन्ध तोड्ने निर्णय गरेका देशलाई कतारले वार्ताका लागि आह्वान गरिसकेको छ ।

    सेयर गर्नुहोस
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture