• Breaking News

    Thursday, June 22, 2017

    इरानले पठायो कतारलाई खाद्यान्न ! साउदीको दुस्मन संग कतारको दोस्ती

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    असार ९, २०७४- साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरूले कतारसँग सम्बन्ध तोडेपछि इरानले दैनिक ११ हजार टन फलफूल र तरकारी कतार पठाएको जनाएको छ ।

    कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेका साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइनलगायतका देशले भने यो सहयोगलाई अतिवादीप्रतिको सहयोगका रूपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ ।

    आतंकवादी संगठनलाई सहयोग गरेको आरोप लगाउँदै ती देशहरूले गत जुन ५ देखि कतारसँग सम्बन्धविच्छेद गरेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

    इरान साउदी अरबको कडा आलोचक हो । इरानको बौसेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्य पदार्थ निर्यात गरेको बताएका छन् ।

    इरानको राष्ट्रिय वायु सेवाले जुन ११ का दिन कतारलाई ५ जहाजमा तरकारी पठाएको थियो । त्यही दिन इरानले ६६ टन मासु र विभिन्न जनावर पनि कतार पठाएको फार्सले जनाएको छ । त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture