• Breaking News

    Friday, June 23, 2017

    मुग्लिनको पहिरोमा परेका सानु भिरमा अड्किएको थिए, भन्छन ब्ल्याङकेटले ज्यान जोगायो

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कालीखोला (चितवन) | २७ वर्षीय रामकुमार लामा काठमाडौंबाट ट्रक चलाएर नारायणगढ आउँदै थिए । बिहीबार राति ११ बजे उनी मुग्लिन आए । कालीखोला र चार किलो भन्ने स्थानमा पहिरोले बाटो बन्द भएपछि उनले कालीखोला छेउमा ट्रक रोके । विराटनगरबाट काठमाडौं मकै पुर्‍याएर मनोहरी फर्कंदै थिए । उनीसँगै ट्रकमा खलासीको काम गर्ने उनका भतिजा पनि थिए । १८ वर्षीय सानु ब्लोन ट्रकमा सुतिरहेका थिए।




    ट्रक रोकेको स्थानमा विस्तारै ढुंगा झर्न थालेपछि खतरा होला भन्दै उठाउन खोज्दा भतिजाले मानेनन् । ट्रक रोकेको करिब ५ सय मिटरअघि कालीखोलामा अलपत्र परेका यात्रु देखेपछि त्यतै लागे । त्यसको केहीबेरमा उनको ट्रक पहिरोले बगाए पनि उनलाई भने पत्तो भएन । ‘पहिरो हल्का झर्दै थियो, गाडी कटाउन नमिलेपछि गाडी त्यहीँ रोक्यौं’, रामकुमारले भने, ‘प्रहरीको भ्यान मुग्लिन जानलाई ढुंगा पन्छाउँदै अगाडि बढ्दै थियो, कुरा गर्दा गर्दै एकछिनमा सर्‍याङ सर्‍याङ गर्‍यो । अरूले भने, पहिरोले पुलिसको गाडी सोरेछ ।’

    राति १ बजे पहिरो खसेको हो । पहिरोले आफ्नो ट्रक लगेको रामकुमारलाई थाहा थिएन । ट्रकसँगै उनको भतिजा सानु ब्लोन पनि परेका थिए । सडकमा रहेको ना.५ख १८२७ नम्बरको ट्रक पहिराले १ सय ३५ मिटर तल झारेको थियो । भीरमा खसेको प्रहरीको गाडी खोज्दा १२ चक्के ट्रक देखे पनि मेरो हो भन्ने लागेन’, उनले भने । दुई घन्टापछि मात्रै उनले आफ्नो ट्रक खसेको थाहा पाए । ट्रकभित्र सुतेका उनका भतिजा पहिरोमा परे पनि उनी बाँच्न सफल भएका छन् । सानु ब्लोनले आफूसँगै काका भएको खबर खोजी कार्यमा खटिएका प्रहरीको टोलीलाई भनेका थिए । उनी भीरमा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

    ब्लोनले दिएको मोबाइलमा सम्पर्क हुँदा मात्रै रामबहादुरले आफ्नो ट्रक खसेको भन्ने थाहा पाएको बताए । ‘ट्रकभित्रको ब्ल्याङकेटले छोपेर भतिजाको ज्यान जोगायो, ब्ल्याङकेट नभएको भए ब्याट्रीले थिच्ने रहेछ’, रामकुमारले भने, ‘म पनि त्यही भएको भए काका भतिजोको एकै चिहान हुने रैछ, हामी भाग्यले बाँचेका हौं ।’ सानुको दाहिने खुट्टा र दाहिने आँखाभन्दा माथि चोट लागेको छ । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको चिकित्सकले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |

    \
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture