• Breaking News

    Saturday, June 24, 2017

    असार २० गते देखि पेट्रोलियम पदार्थ खरिद-विक्रि नगर्ने व्यवसायिको चेतावनी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं । भारतबाट ल्याउने पेट्रोलियम पदार्थमा देखिएको कमिका कारण उत्पन्न समस्या समाधानमा चासो नदेखाएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनले आगामी असार २० गते देखि पेट्रोलियम पदार्थ खरिद विक्रि नगर्ने चेतावनी दिएको छ ।

    एशोसियसनले शनिबार राजधानीमा वृहत भेला गरी आन्दोलनको घोषणा गरेको हो । बाग्मती डिलर्स एशोसियनमा आवद्ध रहेका काभ्रे, धादिङ लगायत जिल्लाका पेट्रोलियम डिलर्स एशोशिसयनका प्रतिनिधि समेतको सहभागीता रहेको भेलाले माग पुरा नभए आगामी २० गते देखि इन्धन किन्न र बेच्न नसक्ने भन्दै साँचो सरकारलाई बुझाउने निर्णय गरेको छ ।

    २० गतेसम्म माग पूरा नभए पहिलो चरणमा पेट्रोल आपूर्ति नगर्ने निर्णय गरेको उसले २३ गते देखि सबै पेट्रोलियम पदार्थ रोकेर हड्ताल गर्ने घोषणा गरेको छ ।

    पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएका कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीले बताएका छन् । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।

    सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको थियो । वास्तविक घाटा कहाँ कसरी भयो भन्ने स्पष्ट भईसकेको अवस्थामा पनि समस्या समाधानमा चाँसो नदिईएको व्यवसायीले गुनासो गरेका छन् ।

    भारतीय आयल निगमबाट तेल भर्ने क्रममा बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको स्पष्ट भईसकेकाले प्राविधिक घाटा नियन्त्रण वाहिर भएकाले निगमबाट नै पुर्ति हुनुपर्ने व्यवसायीको माग रहेको पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय महासचिव विश्वप्रसाद अर्यालले बताए । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको आन्दोलन घोषणा कार्यक्रमा पेट्रोलियम डिलर्स एशोशिसयनले पनि समर्थन जनाएको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture