• Breaking News

    Friday, June 23, 2017

    मुग्लिन-नारायणगढ पहिरो -पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु,२ वेपत्ता(भिडियो सहित)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चितवन,९ असार । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् ।

    सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ नेतृत्वको टोली पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए । सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ १३९० नम्बरको प्रहरी भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    घटनास्थलबाट दुई जना प्रहरीको शव निकालिएको छ । प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको शव फेला परेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी जवानहरु सन्दिप कार्की र लिलबहादुर चेपाङको खोजी कार्य जारी छ ।

    प्रहरीका अनुसार ना ५ ख ७८२७ नम्बरको ट्रक पहिरोले सोहोरेर त्रिशुली नदीमा खसाएको छ । ट्रकका सहचालक मकवानपुर मनहरीका १९ वर्षीय सानु भोलन गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि भरतपुर ल्याएको छ । ट्रक चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

    घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त लगायतको टोली पुगेको छ ।

    पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनका सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture