• Breaking News

    Saturday, June 24, 2017

    धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन ।

    दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल बनाएर कुदाउँछु भन्ने लाग्यो ।’ विवेकले भने ‘त्यसपछि धेरै मेहनत र परिश्रम गरे, अन्तिममा आफैले बनाएको मोटरसाईकल गुडाउँन सफल पनि भए ।’

    मोटरसाईकल बनाउँने सोच आएपछि उनले परीक्षा पछिको खाली समयलाई सदुपयोग गरेर लक्ष्यमा पुग्न सफल भएका हुन । धनकुटा–६ भीमसेनथान घर भएका विवेकले स्थानीय दिप इङ्लिस बोडिङ्ग स्कुलबाट ३।६ जीपीए ल्याएर यसैबर्ष एसइइ उत्रिर्ण गरेका छन ।

    धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक रहेका वावु ओम श्रेष्ठसँगै क्याम्पस क्वाटरमा बस्ने विवेकले गत चैतमा एसइइ परीक्षा दिईसकेपछि मोटरसाईकल बनाउँन सुरु गरेका थिए ।

    बिभिन्न रचनात्मक गतिबिधी र सामाग्री बनाउँने गरेका उनले प्रायः बनाउँन सुरु गरेको सामाग्री पुरा गरेरै छाड्थे । उनले मोटरसाईकल बनाउँदै गरेको देख्दा आमा–वावुलाई सफल होला भन्ने पूर्ण विश्वास नभएपनि आसा चै थियो ।

    ‘जे सामाग्री बनाउँन थाल्यो त्यसमा सफल भएर छाड्ने गरेको भएपनि मोटरसाईकलनै बनाउँन सक्ला भन्ने चै लागेको थिएन । तरपनि सफल भयो ।’ विवेककी आमा जयलक्ष्मीले खुःसी हुँदै भनिन् ‘आफ्नै छोराले बनाएको वाईकमा चड्न पाउँदा मलाई त स्वगै पुगेजस्तो महसुस भएको छ ।’

    आफैले बनाएको वाईकमा विवेकले वावु–आमासँगै धेरैलाई चढाएर घुमाईसकेका छन । अधिकांस मोटरसाईकल पेट्रोल मार्फत गुड्ने गरेको भएपनि विवेकले बनाएको मोटरसाईकलमा पेट्रोल चहिदैन । उनले ब्याट्री मार्फत मोटरको सहायतामा गुड्ने मोटरसाईकल बनाएका हुन ।

    खेर जाँने सामाग्रीहरुलाई पनि विवेकले मोटरसाईकल बनाउँन सदुपयोग गरेका छन । टिनको पाता, धरामा प्रयोग हुँने फलामको पाईप, काठको फल्याक, रड लगायत समाग्रीलाई वाईक बनाउँन प्रयोग गरिएको छ ।

    विवेकका अनुसार यो मोटरसाईकल तीन घण्टा चार्ज गर्दा समथल सडकमा ६० किलोमिटरसम्म कुद्छ । उकालो–ओरालो सडकमा भने एकपटक गरिएको चार्जले ४० किलोमिटरसम्म कुदाउँन सकिन्छ । गुड्दा आवाज पनि नआउँने यो मोटरसाईकल प्रति घण्टा ४० किलोमिटर गुडाउँन सकिने विवेकले बताए । उनी भन्छन ‘ब्याट्री मार्फत गुड्ने भएकाले पेट्रोल नचाहिने र ध्वानी प्रदुसण नहुनाले पनि यो मोटरसाईकल अरुभन्दा उपयुक्त छ ।’

    कलिलो उमेरमै नयाँ मोटरसाईकल बनाउँन सफल भएका विवेकले यसलाई ब्यवसायीकता भने नदिने भएका छन । अहिले विवेकलाई पढाईमै केन्द्रित गराउँने जानकारी दिदै विवेकका वावु ओम श्रेष्ठले भने ‘छोराले बनाएको मोटरसाईकलको ब्यवसायीकताका बिषयमा भने अहिले केही सोच छैन ।’ -संगालाे खबर
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture