• Breaking News

    Saturday, June 24, 2017

    पैसा नहुँदा साउदीकाे अस्पतालमा छोरा अलपत्र, बुवा भन्छन् ‘बरफ बेचेर कसरी फर्काउँ ?’

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    धनुषा, असार १० – छोरो पैसा कमाउन विदेश जाने भनेदेखि नै जुलुम पासवानको मन गह्रौं भएको थियो । परिवारको अवस्था निक्कै नाजुक थियो । एउटा छोरो, परिवारको अवस्था देखेर उहाँले रोक्न सक्नुभएन ।

    धर्मनाथ सन् २०१४ को मार्च २३ मा साउदी अरव जानुभयो । ३५ वर्षका पासवानलाई साउण्ड लाईन रिक्य्रुटमेन्ट म्यानपावरले साउदीको अबदुल्लाह सहिदमा लेबरको काममा ८ सय रियाल हुन्छ भनेको थियो । तर भने अनुसारको तलब नपाएपछि उहाँले नेपालबाट म्यानपावरले पठाएको कम्पनीबाट दुई महिनामै भागेर अन्तै काम गर्न थाल्नुभयो । यसले उहाँलाई अहिलेको अवस्थामा ल्याएको छ । भागेर काम गरे पनि त्यो कम्पनीले पनि उहाँलाई तलब दिएन । त्यसपछि त उहाँ न घरको न घाटको भने जस्तै हुनुभयो । पहिलेको कम्पनीबाट भागिसकेको र दोस्रो कम्पनीले पनि तलब नदिएपछि उहाँ कहाँ जाने के गर्ने भनेर भौतारिन थाल्नुभयो ।

    कामको तनाव त छँदै थियो साथीहरुले पनि बस्दै गरेको कोठाबाट निकालिदिएपछि उहाँको बास सडकमै भयो । त्यति बेला उहाँ विदेश गएको तीन वर्ष भइसकेको थियो ।

    ‘चार दिन सडक बस्दा ऊ अचेत भइसकेको थियो रे त्यतिबेला पुलिसले उसलाई अस्पताल पुर्याएका रहेछन्’ बुवा जुलुमले भन्नुभयो । प्रहरीले अस्पताल पुर्याएका धर्मनाथको अस्पतालमा रहेका नेपाली कर्मचारीहरुले चन्दा सङ्कलन गरेर उपचार गरे । त्यो उपचारबाट केही ठिक भएर फर्किएका धर्मनाथ दुर्घटनामा परेपछि भने थलिनुभयो ।

    दुर्घटनामा परेका धर्मनाथलाई प्रहरीले फेरि अस्पताल पुर्यायो । उहाँको शल्यक्रिया पनि भएको जानकारी परिवारले पाएको छ । तर उद्दार गरेर घर फर्काउने क्षमता परिवारसँग छैन । किन अस्पतालले धर्मनाथको उपचारको २७ हजार ५ सय रियाल अर्थात ७ लाख २७ हजार रुपैयाँ भन्दा धेरैको बिल निकालेको छ ।

    धर्मनाथका बुवा जुलुम परिवार चलाउन बरफ बेच्नुहुन्छ । दिनभरी बरफ बेचेर जम्मा भएको पैसाले परिवारका लागि बिहान बेलुकाको छाक टार्नै मुस्किल छ उहाँलाई । त्यसैले ७ लाख भन्दा धेरै पैसा जम्मा गर्ने कुरा उहाँको कल्पना भन्दा बाहिरको जस्तै भएको छ ।

    त्यसैले छोरालाई घर फर्काउने पैसा जम्मा गर्न सक्नुभएको छैन । आफ्नो क्षमताले नसकेपछि जुलुम अहिले सरकार र सहयोगी संघ संस्थाको बाटो हेरिरहनुभएको उज्यालोमा समाचार छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture