भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
गर्भावस्थामा हुने परिवर्तन र जटिलता थाहा भएका युवतीहरूमा सो समयमा त्यति धेरै समस्या नपर्ने उनको भनाइ छ । ‘युवतीहरूलाई कहिलेकाहीा गर्भावस्थामा हुने सामान्य परिवर्तनका विषयमा पनि जानकारी हुादैन र धेरै आत्तिएको पाइन्छ,’ उनी भन्छ, ‘कहिलेकाहीा अज्ञानताकै कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा गएको पाइादैन ।’
योजनाबद्ध रूपमा गर्भवती भएपछि पनि गर्भावस्थाको नियमित परीक्षण गर्नुपर्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउाछिन् । ‘गर्भवती भएपछि कम्तीमा पनि चारपटक स्वास्थ्य संस्था गएर गर्भ जााच गराउनुपर्छ,’ उनी भन्छि, ‘अझ गर्भ असामान्य अवस्थामा छ या महिलामा विभिन्न किसिमका समस्या देखिएका छन् भने विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’
गर्भवती हुने योजना बनाएपछि
गर्भवती हुने प्रयास गर्ने वेलादेखि नै फोलिक एसिड चक्की लिने । यसले बच्चाका अंगहरूको विकासलाई सहयोग गर्छ ।
गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड हार्मोन, छारेरोग, मुटुको रोग छ भने त्यस्ता रोगलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।
बारम्बार गर्भपतन भइरहने महिलाहरूले राम्रोसाग सबै कुराको जााच गराएर मात्र गर्भवती हुनु राम्रो हुन्छ।
गर्भावस्थामा हुनसक्ने सामान्य शारीरिक परिवर्तनहरू
कमजोर महसुस हुने ।
सामान्य टाउको दुख्ने ।
सामान्य बमिट हुने ।
ढाड दुख्ने ।
खुट्टा सुन्निने ।
खुट्टाका नसा सुन्निने ।
सामान्य पेट दुख्ने ।
पोतो आउने ।
छाला चिल्लो र कलिलो हुने ।
(नोट यस्ता समस्या आफौ ठीक हुन्छ।)
गर्भावस्थाका असामान्य अवस्था
योनीबाट पिसाबजस्तो पातलो पानी जानु ।
रक्तश्राव हुनु ।
लगातार टाउको दुखेमा, रिंगटा लागेमा, पिसाबको मात्रा कम हुनु ।
बढी खोकी लाग्नु ।
बच्चा नचलेमा या कम चलेमा (१२ घन्टामा कम्तीमा १० पटक चल्नुपर्छ)
बच्चा तेर्सो या उल्टो बस्नु ।
गर्भवती भएपछि
गर्भवती भएको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जाचाउने ।
आफूखुसी औषधि सेवन नगर्ने ।
सरसफाइमा विशेष ध्यान दिने ।
घरमा बनाएको खाना मात्र खाने ।
प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने।
धेरै बेर खाली पेट नबस्ने, छिनछिनमा थोरै–थोरै खाइरहने ।
धुम्रपान नगर्ने र अरूले गरेको स्थानमा पनि नबस्ने, मद्यपान नगर्ने ।
गह्रुागो भारी नबोक्ने, सवारीसाधन आफौ नहााक्ने, लामो दूरीको यात्रा नगर्ने ।
दिउासो कम्तीमा दुई घन्टा आराम गर्ने ।
मानसिक तनाव नलिने ।
सुत्दा सकेसम्म देब्रे कोल्टे फर्किएर सुत्ने ।
लामो समय उभिएर काम नगर्ने, खुट्टा झुन्ड्याएर नबस्ने ।
सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठ्ने ।
सुरुको दुई महिना र अन्तिम महिनामा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ ।
गर्भावस्थाका कारण उच्च रक्तचाप वा मधुमेह देखापर्न सक्छ । थाइराइड हर्मोन कम भएका महिलाले थाइराइडको औषधि सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुनसक्छ ।
बच्चा ठाउामा भए नभएको, राम्रो विकास भएरनभएको वा बच्चाको संख्या थाहा पाउन ६ देखि आठ हप्तामा अल्ट्रासाउन्ड जााच गराउनुपर्छ ।
बच्चा अपांगता भएरनभएको हेर्न १८ देखि २० हप्तामा पुन अल्ट्रासाउन्ड गर्नुपर्छ ।
सुत्केरी भएपछि
सफा लुगा लगाउने ।
भित्री लुगा दैनिक दुई–तीनपटक फेर्ने ।
सेनेटरी प्याडको प्रयोग गर्ने ।
व्याक्तिगत सरसफाइमा ध्यान दिने ।
बन्द कोठामा धुवाा आउने चिज नबाल्ने ।
बच्चालाई दिने नियमित खोप दिने ।
३५ वर्षअगाडि नै उपयुक्त
महिलामा बच्चा बन्न चाहिने अन्डा हुन्छ । जुन अन्डासयमा रहेको हुन्छ । यो निश्चित समयसम्म हुन्छ । जब अन्डाहरू सिद्धिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र सकिन्छ । प्राय यो चक्र ४७ वर्षको उमेर सेरोफेरोमा सकिने गरेको पाइन्छ । मासिक धर्म रोकिनु १० वर्षअगाडि नै महिलामा उर्वरता न्यून भइसकेको हुन्छ । कुनै–कुनै महिलामा करिब शून्यकै अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण महिला ३५ वर्ष कटेपछि बच्चा रहने सम्भावना कम हुन्छ । अन्डाको विकासमा कमी हुनुसागै उमेर बढ्दै जाादा देखिने शारीरिक समस्याले पनि असर गर्ने प्रा.डा. गौतम बताउाछन् ।
Loading...
No comments:
Post a Comment