• Breaking News

    Saturday, June 24, 2017

    १३ बुँदे माग बारे छलफल हुँदै

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    छिमेकी राष्ट्रहरु बाट प्रस्तुत गरिएको १३ बुँदे माग बारे कतार सरकारले छलफल गरिरहेको छ।साथै कतारले उक्त मागको सूची २२ जूनमा नै पाएको कतार न्युज एजेन्सीले आज बिहान सार्वजनिक गरेको छ।तर मागको सूची भने कतारले अनुचित र अयोग्य भएको बताएको छ।


    हाल मागको सूची कतारले अध्ययन गरिरहेको छ।मागको मूल आधार र यसको उपयुक्त प्रतिक्रिया दिन छलफल भईरहेको परराष्ट्र मामिला मन्त्रालयले बताएको छ।त्यसपछि कतारले मागको प्रतिक्रिया कुवेतलाई सुम्पिनेअल जजिराले लेखेको छ।

    साउदी,युएई,बहराइन र इजिप्टले कतारलाई आतंककारीलाई सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्दै जल,स्थल र हवाई मार्ग समेत बन्द गरिरहेको छ।तर ति राष्ट्रहरुले प्रमाण भने जुटाउन सकेको छैन।यता कतारले आफु माथि लागेको तथ्यहिन आरोपको खण्डन गर्दै आईरहेको छ।

    कुवेत संग फोन वार्ता

    कतारको अमिर शेख तामिम बिन हमद अल थानी ले हिजो कुवेतको अमिर शेख सबह अल अह्मद अल जबिर अल अल सबह संग फोन वार्ता गर्नुभएको छ।वार्तामा अरब मा बढेको विकसित समस्या र विशेषत खाडी समस्या र कुवेतले समस्या सुल्झाउन गरिरहेको सहयोग बारे छलफल भएको थियो।यसैबिच कतारको अमिरले कुवेतको योगदानलाई धन्यवाद समेत दिनुभएको छ।

    जून महिनाको पहिलो साता देखि सुरु भएको खटपट पछि कुवेतले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै आइरहेको छ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture