• Breaking News

    Friday, June 23, 2017

    साउदीले कतारलाई भन्यो- अलजजिरा टेलिभिजन बन्द गर

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    साउदी अरेविया नेतृत्वका खाडी मुलुकले कतारमाथि लगाएको नाकाबन्दी हटाउन अलजजिरा टेलिभिजन बन्द गर्नुपर्नेलगायत १३ वटा शर्त अघि सारेका छन्। विगत ३ सातादेखि साउदी, इजिप्ट, युएई र बहराइन लागायतका मुलुकले छिमेकी कतारमाथि नाकाबन्दी लगाएका छन्। शर्त अनुसार कतारले छिमेकी शक्तिशालि राष्ट्र इरानसँग सम्बन्ध कटौती गर्ने र टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने छ।

    कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उनीहरुले कतारमाथि नाकाबन्दी लगाएका थिए। तर कतारले त्यस्तो आरोप गलत भएको बताउँदै आएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले साउदीलगायत मुलुकलाई धेरै कठोर शर्त नराख्न अनुरोध गरेका थिए।

    डोनाल्ड ट्रम्पले खुलेर आफूलाई साउदी पक्षमा उभ्याए पनि अमेरिकी विदेश मन्त्रालयले वार्ताद्वारा समस्या सामधान गर्नुपर्ने बताएको छ। अलजजिराले आफ्नो देशमा भएका मानवाधिकार उलंघनका घटना बारे चुप लाग्ने तर छिमी मुलुकमा प्रजातन्त्र र अधिकार भन्दै सरकार विरोधीहरुलाई हौसाएको आरोप लाग्दै आएको छ।

    source :- setopati.com
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture