भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन । किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ! पाँच हजारको होइन भाइ, दश हजारको जुत्ता लाउनु ।
आइ फोन मात्र किन किन्छौ दिदि ल्यापटप पनि किन्नु ।
बाइकको के माग किन गर्छौ दाइ पजेरो नै किन्नु । यहा कत्ति दुख छैन रातमा जागा बस्नु पनि पर्दैन । पलपल गन्दै कहिले महिना बित्छ भन्नु पनिपर्दैन ।
किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ।। आठ हजारको कुर्ता होइन बहिनि बिस हजार कै किन्नु । म आफ्नो देश र घर फर्किनु पर्दैन ।
मेरो उमेर र समयले कहिल्यै मेरो साथ छोडदैन । त्यसैले मेरो पीरै लिनु पर्दैन । किनकी बिदेशमा छु म । मैले केही खानु लाउनु पर्दैन । जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन । किनकि बिदेशमा छु म ।
Loading...
No comments:
Post a Comment