भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यसैले थुप्रै कलाकारहरु बलिउडमा प्रवेश गरेर पनि टिक्न नसकेको प्रसस्तै उदाहरणहरु भेटिन्छन्।
तर पनि यस्ता धेरै कलाकारहरु छन् जो अथक प्रयासका कारण बलिउडको रंगीन संसारमा राज गर्न सफल भएका छन । यी कलाकाहरुको पंक्तिमा केही नेपालीहरु पनि छन् जो बलिउडमा सफल मानिन्छन । यहाँ प्रस्तुत छ यस्ता केही नेपाली कलाकारहरु जो बलिउडमा राज गरेका हुन् ।
मनिषा कोइराला
कोइराला खानदानकी पुत्री भएर नेपालमा जन्मिए पनि मनिषाले आफूलाई अलगै रुपले चिनाईन् । मनिषा बलिउडका चर्चित नायिका मध्येकी एक हुन् । पढाईको सिलसिलामा भारत पुगेकी मनिषाले मोडलिङबाट आफ्नो अभिनय यात्रा शुरु गरिन् । सन् १९९१ को सौदागर फिल्म उनको पहिलो बलिउड फिल्म थियो । अकेले हम अकेले तुम, अग्नीसाक्षी, मन, मेहबुबा लगायत थुप्रै फिल्ममार्फत सबैको मन जित्न सफल नायिका मनिषाले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला देखाईन् । उनले अभिनय गरेका नेपाली फिल्महरु फेरि भेटौँला र धर्मा हुन् ।
सन् २०१० मा नेपालका सम्राट दाहालसँग मनिषाले विवाह गरिन् तर उनको वैवाहिक जीवन भने सफल हुन सकेन । सन् २०१० मा भएको विवाह सन् २०१२ मा डिभोर्समा परिणत भयो । भर्खरै मात्र क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषा दक्षिण भारतीय फिल्ममार्फत अभिनय क्षेत्रमा फर्कदै छिन् । उनका दाई सिदार्थ कोइराला पनि बलिउड अभिनेता हुन्
उदीतनारायण झा
सप्तरी जिल्लामा जन्मलिएका गायक उदीतनारायण नेपालका राम्रा र चर्चित गायक हुन् । सुरीलो स्वरका धनी उदीतले आफ्नो आवाजलाई नेपालमा मात्र सिमित राखेनन् । उनले आफ्नो आवाजमार्फत बलिउडमा पनि तहल्का मच्चाई दिए । उदीतले बलिउडमा सन् १९८० मा फिल्म उन्निस बीसको गीतमार्फत आफ्नो गायनकलालाई प्रस्तुत गर्ने मौका पाएका थिए । उनको लागी यो मौका निकै नै राम्रो भयो त्यसपछि उनले बलिउडमा लगातार गीतहरु गाउने मौका पाए ।
तर जब उनले डर फिल्मको जादु तेरी नजर खुस्बु तेरा बदन बोलको गीतमा आवाज दिए त्यसपछि उनको आवाजको चर्चा बलिउडमा चुलिन गयो । सन् १९८० देखिको उनको यो यात्राले अहिले पनि निरन्तरता पाईरहेको छ । उनले हिन्दी फिल्ममा मात्र नभएर दक्षिण भारतीय चलचित्रहरुमा पनि आवाज दिएका छन् ।
उषा पौडेल
जनकपुरमा जन्मेकी नेपाली अभिनेत्री उषा पौडेलले दर्जनौ नेपाली फिल्ममा काम गरेकी छिन् । उनले गोधुली, तिम्रो माया, प्यारी बहिनी, गगां, क्रोध, जस्ता नेपाली फिल्मबाट पनि सबैको मन जितेकी छिन् । उषाले आफ्नो अभिनय कलालाई बलिउडमा पनि प्रस्तुत गरिन् । उनले बलिउड दुनियामा पनि केहि टेलिसिरियलहरुमा अभिनय गरिन् । साहारा वनको तुजसँग प्रीत लगाई सजना, जय जय जय बजरंग बली, अदालत र चिन्टु चिङकी और एक बडिसी लब स्टोरी उनले अभिनय गरेका टेलिसिरियलहरु हुन् । बलिउडमा अभिनय गर्दा गर्दै उनको यात्रा अमेरिकासम्म पुगेको छ ।
सुनिल थापा
काठमाण्डौमा जन्मिएका ५८ वर्षीय अभिनेता सुनिल थापाले नेपाली चलचित्रका साथसाथै बलिउडका आधा दर्जन जति चलचित्रमा काम गरेका छन् । नेपाली सिनेमा चिनो, आगो, ठुल्दाई, तँ त सारै बिग्रिस नि बद्री लगायतका थुप्रै चलचित्रमा काम गरेका अभिनेता सुनिल थापाले बलिउडमा एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, अलबेला, नसिबबाला र भर्खरै मात्र उनले हिन्दी फिल्म मेरी कोममा काम गरेका छन ।
भोला राज सापकोटा
मकवानपुरका अभिनेता भोला राज सापकोटा पनि बलिउडमा काम गर्ने नेपाली अभिनेता हुन् । उनले चर्चित फिल्म बर्फीमा अभिनय गरेका छन् । सन् २०१२मा आएको फिल्म बर्फीका कारण भोलाको चर्चा पनि बढेको थियो । उनले अनुराग बासुको आगामी फिल्ममा पनि काम गर्दैछन् ।
भिडियो सहित हेर्नुहोस !
Loading...
No comments:
Post a Comment