• Breaking News

    Tuesday, June 20, 2017

    आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ ।


    नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

    ज्योतिषी डा. सुनील सिटौलाका अनुसार ज्योतिष शास्त्रको ग्रह गती अनुसार आज दिन लामो हुन्छ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

    सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

    अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्य कुनै एक दिन पर्छ ।

    चैतको ७ गते र असोजको ७ गते चाहीं दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाइृ क्रमशः बसन्त सम्पात र शरद सम्पादन भन्ने गरिन्छ ।

    पुस ७ गते अर्थात डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने पनि डा. सिटौलाले बताए ।

    बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture