• Breaking News

    Tuesday, June 20, 2017

    नारायणगढ-मुग्लिन सडकमा भीषण पहिरो, सडक कहिले खुल्ने अनिश्चित

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चितवन । मनसुन सुरू भएसँगै देशको प्रमुख राजमार्गमा यात्रुको हैरानी सुरू भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला र चारकिलोमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको। विगत बर्षमा पनि यो सडकमा बर्खायाममा यात्रुले चर्को समस्या भाेग्दै आएका हुन्।

    अविरल वर्षाका कारण ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा गएको राति पहिरो खसेर सडक बन्द छ। नारायणगढ–मुग्लिन सडकखण्डमा दोहोरो आवातजावत रोकिएपछि सयाैं सवारी साधन र हजाराैं यात्रु रोकिएका छन्।

    उक्त सडक खण्डमा अरु धेरै ठाउँमा पनि सानासाना पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुईवटा डोजरले बाटो खुलाउने प्रयास भइरहेको छ। तर पहिरो पन्छाएर कति बेला सकिने भन्ने निश्चित नभएको चितवन प्रहरीले जनाएको छ।

    कालीखोला गत सोमबार पनि पहिरो खस्दा १३ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture