• Breaking News

    Wednesday, June 21, 2017

    बिरामीको मृत्युपछि आफन्तद्वारा भक्तपुरको नागरिक अस्पतालमा तोडफोड

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    जयराम बास्तोला (इमेज): भक्तपुर, असार ७ । बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ ।


    चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालको आकस्मिककक्ष बुधबार तोडफोड गरेका छन् । तोडफोडका कारण आकस्मिककक्ष बन्द गरिएको छ ।

    तोडफोडमा उत्रिएका मृतकका आफन्तलाई रोक्नेक्रममा प्रहरीसँग झडप भएको थियो ।

    छाती दुखेपछि उपचारका लागि आएकी दोलखा, भीमेश्वर नगरपालिका–५ की ३२ वर्षीया उषा बस्नेतको उपचारकाक्रममा मंगलबार राति मृत्यु भएपछि आफन्तहरु अस्पतालले लापरबाही गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।

    उनीहरुले अस्पतालको लापरबाहीले गलत सुई लगाइएका कारण बस्नेतको मृत्यु भएको दाबी गरेका छन् ।

    चिकित्सकले भने हृदयघातका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।

    \
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture