• Breaking News

    Wednesday, June 21, 2017

    श्रीमतीले भए भरको सम्पति कुम्ल्याएर अर्कै संग टाप कसिन मरुभूमिमा श्रीमानको बिजोक(भिडियो सहित)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं ‘श्रीमतीलाई खुसी र सुखी राख्ने सपना साँचेर रोजगारीका लागि कतार गएँ’ गोरखा सिरान्चाेकका टपबहादुर गुरुङले मर्माहत हुँदै भने, ‘स्वदेश फर्कँदा त पापीनीले सबै सम्पत्ति कुम्ल्याएर अर्कैसँग गइसकिछे ।’

    वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि कतार गएका गुरुङले प्राणप्यारी ठानेर आफ्नी श्रीमती सुशीला गुरुङका नाममा बारम्बार पैसा पठाइरहे । टेलिफोनमा कुरा हुँदा टपलाई सुशीलाले अतिमाया गर्ने बताउँथिन् । टपबहादुरले सुशीलाको नाटकलाई बुझ्न सकेनन् । बुझुन् पनि कसरी ? उनले आफूलाई भन्दा बढी विश्वास र माया आफ्नी श्रीमतीलाई गरेका थिए


    २०७२ सालमा टपबहादुर र सुशीलाको धुमधामका साथ बिहे भयो । गाउँको परम्पराअनुसार नै मागी बिहे गरेका उनीहरुले एक महिना रमाइलोसँग बिताए । त्यसपछि श्रीमतीलाई खुसी राख्नका लागि पैसा कमाउन कतार गए । कतार गएर बेकरी क्याफेमा काम गरेका टपबहादुर कमाएजति सबै पैसा श्रीमतीलाई पाठउने गर्थे ।

    श्रीमतीले पैसा जोगाएर राखेकी होलिन् भन्नेमा उनी ढुक्क थिए । तर, नतिजा फरक आइदियो । विदेश गएको लामो समयसम्म राम्रो भए पनि पछिल्ला दिनहरुमा सुशीलाको व्यवहार परिवर्तन भयो । टेलिफोन प्रायः ब्यस्त हुन थाल्यो । उनले केही शंका पनि गरे । तर, आधार भेट्टाएनन् । उनी विदेशमा दुःख गर्दागर्दै गाउँमा श्रीमती हराएको खबर सुने । श्रीमती हराएको पीडामा उनी हतारिएर काठमाडौं आए । जोडतोडले श्रीमतीको खोजी गरे । केही समयपछि थाहा भयो, सुशीलाले लमजुङ दुधपोखरीका समीर परियारसँग बिहे गरिसकिछन् । आफूलाई भन्दा बढी माया गरेकी श्रीमती अर्कैसँग गएको थाहा पाएपछि टपबहादुर बेचैन भए ।
    सुशीलले टपलाई मात्रै छाडिनछन्, उनले विदेशबाट पठाएको सबै रकम र गरगहना पनि बोकेर हिँडिछन् । टपबहादुरका अनुसार सुशीलाले ३ लाख रुपैयाँ नगर र साडे २ तोला सुन लिएर अर्कैसँग बिहे गरिछन् । सुख र खुसीको सपना साँचेर विदेश गएका टपबहादुर जीवन उजाडिएको छ यतिबेला । र, उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालयसँग गुहार मागेका छन् । आफूले कमाएको पैसा र गहना फिर्ताको लागि उनी भौतिरहेका छन् । तर, प्रहरीले उनको कुनै सुनुवाई गरेको छैन ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture