• Breaking News

    Wednesday, June 21, 2017

    राजधानीमै श्रीमानले श्रीमतीलाई जिउँदै जलाए, कस्ले सुनिदेला शोभा राईको चित्कार ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौँ, ५ असार । राजधानीमै एक श्रीमानले आफ्नी श्रीमतीलाई जिउँदै जलाएर हत्या प्रयास गरेका छन् । प्रेम विवाह गरेर ल्याएका श्रीमानले जिउँदै जलाएर मार्ने प्रयास गरेपछि खोटाङकी शोभा चाम्लिङ राई जीवनमरणको दोसाँधमा छिन् । काठमाडौँको नयाँबजारस्थित पिपुल्स अस्पतालको शैयामा छटपटाइरहेकी शोभाको चित्कार सुनिदिने कोही छैन् ।

    घटना एक हप्ता अघिको हो । गत जेठ २७ गते काठमाडौँको शेषमति पैयुँटारस्थित कोठामा उनका श्रीमान राजु खड्गी श्रेष्ठले शोभालाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । तर, छिमेकीले थाहा पाएपछि जेनतेन शोभाको उद्दार त भयो, तर उनको स्वास्थ्य अबस्था निकै नाजुक छ । उनको पूरै शरीर पोलिएको छ ।

    निहुरेर मुख धुन लाग्दा स्टोभमा रहेको मट्टितेल पछाडिबाट खन्याएर आगो लगाइदिएको र कपडा खोल्न लाग्दा समेत शरीरमा नै जलिरहेको कपडा दलेर झन् थप घाइते बनाएको उनले दैनिक नेपाललाई बताइन् । आगलागीपछि जबरजस्ती बाथरूमभित्र छिराएर च्यानल गेटमा चाबी लगाएर भागेका राजु अहिलेसम्म पनि फरार छन् ।

    शोभाले हारगुहार गरेपछि मात्रै छिमेकीले थाहा पाएका थिए । प्रहरी र स्थानीयबासीको सहयोगमा उनलाई जेठ २७ गते राति नै काठमाडौं नयाबजारस्थित पिपुल्समा ल्याइएको छ । उनको उपचार जारी रहे पनि साथमा एक रुपैँया पनि नभएको उनले दैनिक नेपाललाई बताइन् ।

    नुवाकोट मदानपुर, बाराही स्थायी घर राजु र खोटाङकी शोभाले केही बर्ष अघि मात्रै प्रेम विवाह गरेका थिए । तर नेवार भएर राई बिहे गरेको भन्दै राजुको परिवारले उनीहरुको प्रेम विवाहलाई अस्वीकार गरे । त्यसपछि उनीहरु काठमाडौँमै डेरा लिएर बस्दै आएका थिए ।

    केहीबर्ष राम्रै सम्बन्ध भए पनि ८ बर्षदेखि उनीहरुको सम्बन्ध बिग्रिएको थियो । अर्को श्रीमती ल्याएर बाहिर बस्ने बस्ने गरेका राजु कहिलेकाँहीमात्रै शोभालाई भेट्न कोठामा आउने गरेका थिए । तीन सन्तानकी आमा शोभाको दुई छोरीलाई रक्षा नेपाल नामक संस्थाले लालन पालन गर्दै आएको छ ।

    घटनालगत्तै फरार रहेका राजुलाई प्रहरीले खोजी गरिरहेको छ । तर, उनले भने फोनबाट आफूलाई धम्की दिइरहेको शोभा बताउँछिन् ।

    शोभालाई सहयोग अभियान

    यसैबीच, शोभाका लागि सहयोग जुटाउने हिसाबले माछापुछ्रे बैंकको पुतलीसडक शाखामा खाता खोलिएको छ । शोभाको आफ्नै नागरिकता नभएर उनको नाममा खाता खोल्न नसकिएकोले तत्कालका लागि पुजा कार्कीको नाममा माछापुछ्रे बैंकको पुतलीसडक शाखामा खाता खोलिएको हो । खाता नम्बर ५१-२३-५२४-२९५७७८-०११ रहेको छ । शोभाको उपचार र जीवन यापनका लागि सहयोग गरिदिन अधिकारकर्मी मेनुका थापाले आग्रह गरेकी छिन् ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture