भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।
दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।
बागझोरामा अवरुद्ध सडक खुल्यो
त्रिभुवन राजपथको बागझोरामा बुधबार बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई ८:३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार बिहान २:३० बजे बाढीपहिरो आई उक्त राजपथको बागझोरामा हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । उक्त राजपथमा लामबद्ध रहेका सवारी साधनहरु दामन, पालुङ र कुलेखानी हुँदै काठमाडौँतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । रासस
Loading...
No comments:
Post a Comment