भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
अबुसम्रा सम्म पैदल आईरहेका ती पशुहरुलाई बाटोमा स्थायी आश्रय र प्रयाप्त मात्रामा पानी ट्याङकर उपलब्ध गराईरहेको मन्त्रालयले आफ्नो विवरणमा लेखेको छ । मन्त्रालयको पशु विभागको कर्मचारीहरु यतिखेर सिमानामा कतार प्रवेश गरिसकेका र आउन बाँकी ऊटको गन्ती गर्दै तुरुन्त पशुलाई घासको व्यवस्था गरिरहेको छ । बन्यजन्तु सुरक्षा विभागका प्रमुख ओमर सलिम अल नुएैमीले सामाजिक सञ्जाल मार्फत सबै पशुका मालिकहरुलाई हाललाई अस्थायी आश्रय साउथ कस्सारत अल नक्हशमा अर्को स्थानको व्यबस्था नभइन्जेलका लागि राखिएको जानकारी दिएका छन् ।
मन्त्रालयले यसबारे बासिन्दाहरुको प्रश्नोत्तर तथा जानकारीको लागि नम्बर पनि छुट्टाइएको छ ।मन्त्रालयले यसबाट पशुका लागि व्यवस्था गरिएको स्थान बारे पनि जानकारी गराइरहेको छ । अल शिहानिया नगरपालिकाको प्रमुख सैफ अल हाजिरीले प्रयाप्त मात्रामा प्राविधिक,ड्राइभर,सवारी साधन र अत्यावश्यक सामानहरु नँया आश्रय स्थलमा परिचालन गरिएको जानकारी दिएका छन् । मन्त्रालयले पशुहरुको लागि प्रयाप्त मात्रामा घास पनि उपलब्ध गराईरहेको छ ।
साथै मन्त्रालयले सोधपुछ र थप जाकारीको लागि ५५५६०५६० र ४४२६५३५० नम्बरहरु २४सै घन्टाको लागि खुला राखेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस
Loading...
No comments:
Post a Comment