• Breaking News

    Tuesday, June 20, 2017

    पाकिस्तानको जितमा खुशीयाली मनाएको भन्दै भारतमा १५ जनाविरुद्ध देशद्रोहको मुद्दा http://bit.ly/2sP26d5

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    असार ६, २०७४ आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान विजयी भएको खुशीयाली मनाउने १५ जना समर्थकविरुद्ध भारत प्रहरीले देशद्रोहको मुद्दा दायर गरेको छ । गत आईतबार सम्पन्न फाइनलमा भारत १ सय ८० रनले पराजित भएपछि भारतका बिभिन्न क्षेत्रमा खुशीयालीमा प्रदर्शन भएको थियो भने आक्रोशित समर्थकले राष्ट्रिय टिमविरुद्ध नारावाजी समेत गरेका थिए । पाकिस्तानको समर्थन र भारत विरोधी नारा लगाउने मध्यप्रदेशका १५ जना युवालाई पक्राउ गरि प्रहरीले आज स्थानीय अदालतमा मुद्दा दायर गरेको हो । बुरहानपुरको मोहद गाउँका ती युवालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । उनीहरुका छिमेकीले पाकिस्तानको जितमा ती युवाले पटका पड्काएर हर्षोल्लास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।  भारतमा रहेका मुसलमान समुदायले पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गरेबापत पहिलो पटक यस्तो मुद्दा दायर गरिएको हो ।  यसअघि, सन् २०१४ मा उत्तर प्रदेशको एक विश्वविद्यालयमा साम्प्रदायिक शान्ति भंग गरेको आरोपमा भारत प्रशासित कश्मीरका ६६ विद्यार्थीलाई निस्कास्न गरिएको थियो ।  


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture