भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र ल्याउन आदेश दिएको हो । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी मतगणना कार्य पुन:सञ्चालन गर्न, गराउन परमादेशको माग गरिएको छ ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेको आरोप छ । यसअघि, आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै स्थानीय तह निर्वाचन ऐन अनुसार पुन: मतदान गर्ने निर्णय गरेको थियो ।
Loading...

No comments:
Post a Comment