• Breaking News

    Thursday, June 22, 2017

    साउदी अरबले दियो कतारमाथि यस्तो आदेश, नेपाली कामदार पनि प्रभावित हुने

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, ८ असार– कतार संकटको मार अब जनावरमा पनि पर्ने भएको छ । साउदी अरबले कतारका नागरिकलाई उनीहरुले उँट तथा भेडालाई साउदीको चरण क्षेत्रबाट निकालेर आफ्नो देश लैजान आदेश दिएको छ ।

    कतारका कयौं मानिस आफ्ना पशुलाई साउदी अरबमा राख्छन् । किनकी सानो देश कतारमा पर्याप्त चरण क्षेत्रको अभाव छ ।

    कतारी अधिकारीहरुका अनुसार करिब १५ हजार उट तथा १० हजार भेडा साउदीसँगको सीमा पार गर्दै कतार पुगेका छन् ।

    कतारमा पशुकालागि अस्थायी शिविर बनाइएको छ । जसमा खानेकुरा र पानीको व्यवस्था गरिएको छ ।
    कतार तथा साउदी अरब नेपालको आकर्षक श्रम गन्तव्यमा पर्छ । दुई देशमा गरी करिब १० लाख भन्दा धेरै नेपाली रहेको अनुमान गरिएको छ । कतारसँग साउदी र अन्य छिमेकीको बढ्दो तनावले नेपाली समेत प्रभावित हुने छन् ।

    अदक्ष कामदारको रुपमा साउदी र कतार पुगेका उनीहरु भेंडा र उँट चराउनेका काममा समेत रहेका छन् । साउदीको यस निर्णयले भेंडा तथा उटको रेखदेमा रहेका नेपालीसमेत प्रभावित हुने छन् ।

    यस महिना साउदी अरब समेत कर्यौ खाडी देशले कतारमाथि चरमपन्थीलाई बढावा दिएको र सहयोग गरेको आरोप लगाउँदै राजनीतिक सम्बन्ध तोडेका थिए । उनीहरुले कतारसँग आवागमन तथा हवाई यात्र बन्द गरेका थिए ।

    तर कतारले छिमेकीहरुको आरोपहरुको खण्डन गरेको छ ।

    कतारको नगरपालिका तथा पर्यावरण मन्त्रालयका अनुसार जबसम्म जनावरका लागि धेरै उपयुक्त क्षेत्रको व्यवस्था गरिँदैन तवसम्म यी अस्थाई शिविर सञ्चालन गरिने छ ।

    मन्त्रालयका अनुसार प्रभावित पशु मालिकको सहयोगका लागि पशु विशेषज्ञ, चालक तथा अरु कर्मचारी पहिलादेखि नै त्यहाँ उपस्थित छन् । कतारको आधिकारिक समाचार संस्थाका अनुसार २५ हजार उट तथा भेडा कतार पुगिसकेका छन् ।

    केही दिन यता समाजिक सञ्जालहरुका कयौं यस्ता भिडियोहरु सार्वजनिक भएका छन्, जसमा उटको ठूला ठूला समूहहरु साउदी अरको सीमा पार गर्दै कतार भित्रिएका छन् ।

    साउदी अरको यस किसिमको नयाँ कदमका कारण कतारका पशु मालिकहरु रिसाएका छन् ।

    ४० वर्षीय अली मागारेहले समाचार एजेन्सी रोयटर्सलाई भने,‘हामी त्यहाँ वस्न चाहन्छौं, साउदी अरब गएर आफ्नो उटको रेखदेख गर्न चाहन्छौं र फिर्ता आएर आफ्नो परिवारको हेरचाह गर्न चाहन्छौं ।’उनले भने ‘हामी यी राजनीतिक कारणमा पर्न चाहदैनौं, हामी खुशी छैनौं ।’

    source everydaykhabar
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture