• Breaking News

    Friday, June 9, 2017

    चौँधौँ पटक मन्त्री बनेका गच्छदारलाई रवी लामिछानेको खबरदारी, सक्नुहुन्छ भने आउनुहोस् फेस गर्न !(भिडियो सहित)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाण्डौ । राष्ट्रिय अन्तराष्ट्रिय रेर्कड राख्न हामी नेपालीहरु पनि अग्र पङ्तिमा पुगीसकेका छौँ । सबैभन्दा धेरै पटक मन्त्री बनेर विजय कुमार गच्छदारले रेर्कड राखेका छन् । १४ पटक मन्त्री बन्नु भनेको साधारण कुरा होइन । ५ पटक उपप्रधानमन्त्री र १४/१४ पटक मन्त्री बन्नु सक्नु क्षमता भएकै कारणले त होलानी, प्राय जसो भौतिक योजना तथा निर्माण र स्थानीय विकास मन्त्री बनेका विजय कुमार गच्छदार फेरि संघिय मामिला तथा स्थानीय विकास मन्त्री बनेका छन् ।

    देशको पुर्वाधार विकासमा सबै भन्दा महत्वपुर्ण मन्त्रालय मानिने भौतिक योजना र स्थानीय विकास मन्त्रालयले विजय गच्छेदारलाई पाएर विकासका कति वटा र कस्ता कस्ता रेर्कड राख्यो ? त्यसको रेर्कड इतिहासले राखेको छ । सरकार बनाउन र प्रधानमन्त्री बनाउन सहयोग गरेको छु, भनेर आफ्नो योगदानको चर्चा गर्नेे विजय गच्छदार इतिहासकै असक्षम तर पावरफुल राजनीतिज्ञ हुन भन्न १ सेकेण्ड पनि सोच्नु पर्दैन र एउटा प्रमाण पनि दिनु पर्दैन ।

    उनी मन्त्री भएर बनेका देशका बाटाघाटाको हरि विजोक हेर्ने हो भने विजय कुमार गच्छेदारलाई जीवनभर मन्त्री बन्न नपाउने गरी कुनै निर्णय गराउन पाएपनि हुन्थ्यो जस्तो लाग्छ । राजनीतिक चतु¥याई जानेर मन्त्री होउन नेताहरु ठिक छ तर मन्त्री भएपछी विकास निमार्ण गर्नु नपर्ने ? प्रजातन्त्र ल्याउन यति बर्ष जेल गएको यति यातना भोगेको,विद्यार्थी कालदेखी नै संघर्ष गरेको भनेर कती रट लगाएको ? जेल भित्र बसेको अनुभव मात्रले मन्त्री बन्ने क्राइटएरीया पुग्छ त ? संघिय मामिला तथा स्थानीय विकास मन्त्री श्री विजय कुमार गच्छेदार ज्यु, अबको सय दिनमा तपाई के के गर्दै हुनुहन्छ ? मन्त्री बनेपछी स्थानीय विकासमा तपाईले गर्न खोज्नुभएको अल्पकालीन र दिर्घकालीन योजना के के छन् त ? योजना तयार छ ? तयार छैन भने तयार पार्नुहोस् । हामी तपाईको योजना र त्यसलाई कार्यान्वयन गर्ने पुर्वाधार सम्पुर्ण नेपालीहरुलाई टिभी मा लाइभ देखाउन चाहान्छौँ । सक्नुहुन्छ फेस गर्न ?

    तपाईसँगको स्टेरियो टाइप, घिसिपीटी अन्तर्वार्ता लिदैनाँै तर तपाईको प्लान सबै समक्ष देखाउन चाहन्छौँ । प्राय अन्तर्वातामा इन्ट्रेष्ट नराख्ने तपाईलाई हामी पर्खिरहन्छौँ । कुनै योजना छैन, झण्डा हल्लाउन र हिजो जेल गएको ब्याज खान मन्त्री बन्नु भएको हो भने तपाई जस्तो मन्त्री पाएकोमा हामी दुखी छौँ,ज्यादै दुखी ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture