भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
.
हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।
लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।
.गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।
.
लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।
.
डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।
Loading...
No comments:
Post a Comment