भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
इलाका प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटना र हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त अधिकारीलाई शुक्रबारै जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गराएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार अधिकारीले बुधबार बेलुका पौने ५ बजेतिर बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेका थिए । बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार स्कुलबाट घर फर्किएकी बालिका पेट दुख्यो भन्दै घरको माथिल्लो तलामा गएर सुतेकी थिइन् । उनी सुतेको केहीबेरपछि छिमेकी अधिकारीले घरमै रहेको आफन्तलाई जबरजस्ती करणीको प्रयास गरेका थिए । मुख थुनेर करणीको प्रयास भइरहँदा आफन्तले चिच्याएपछि बालिका ब्युझिएकी थिइन् ।
बालिकाले अधिकारीलाई पछाडिबाट तान्न खोजेकी थिइन् । करणी गरेको बालिकाले देखेको थाहा पाएपछि अधिकारीले बालिकालाई नजिकै रहेको बन्चरोले प्रहार गरेका थिए । अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटकपटक बन्चरो प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको डिएसपी लिम्बुले बताए ।
बालिकालाई हत्या गरेपछि जबरजस्ती करणी प्रयास गरेकी युवतीलाई अधिकारीले घटना कसैलाई भने आमा र भाइलाई पनि यसरी नै मारिदिने भन्दै धम्क्याएका थिए । घटना भइको समयमा मृतक बालिकाकी आमा र ठूली दिदी बजार गएका थिए । बजारबाट घर फर्किएर ठूली दिदी घरको माथिल्लो तलामा चढेपछि बहिनीको बिभत्स हत्या भएको देखेर चिच्याएकी थिइन् ।
अभियुक्त अधिकारीलाई कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा चलाएको डिएसपी लिम्बूले बताए ।
sourse ekantipur
Loading...
No comments:
Post a Comment