• Breaking News

    Wednesday, June 21, 2017

    मधेसबाट एमालेमा को को प्रवेश गरे ? किन चल्यो एमाले प्रवेशको लहर ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, ७ असार– प्रतिपक्षमै रहे पनि प्रमुख सत्तारुढ दल कांग्रेस र माओवादीले एमाले विरुद्ध प्रहार गर्ने एउटै आरोप लगाउँछन्– एमाले मधेस विरोधी पार्टी हो । कांग्रेस र माओवादीले तराईलाई राष्ट्रिय जनता पार्टीकै आँखाले हेरिरहेका बेला जनसमर्थनका हिसावले दयनीयता पछिल्लो पटक देखिएको छ ।  सत्तासीन कांग्रेस, माओवादी र राजपाले प्रहारको एउटै कन्द्र बनाएको एमालेप्रति भने तराई मधेसमा आकर्षण तीब्र रुपमा बढ्न थालेको छ । अझ राजपाका दुई केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्य र तराई मधेसका अगुवा नेताहरु हालसालै एमाले प्रवेश गरे । किन यस्तो भइरहेको छ त ?  भर्खरै एमाले प्रवेश गरेकी राजपा केन्द्रीय कोषाध्यक्ष अनिता यादव भन्छिन्, ‘राजपा वा मधेस केन्द्रित दलले आफ्नो सम्पूर्ण गतिविधिको उद्धेश्य राज्यसँग अधिकार प्राप्त गर्ने भन्दा पनि एमालेको विरोध गर्नेमा मात्रै लगाए । राज्यबाट उत्पीडित भयौं भनेर आन्दोलन गर्ने, प्रधानमन्त्री आफ्नो बनाउने र सरकारसँग मिलेर एमाले विरुद्ध प्रहार गर्ने मात्रै काम भयो । जो राज्यसँग मिलेर तराई मधेसमा केही गरौं भन्ने शक्तिमाथि प्रहार गरिरहेको छ त्यो कसरी मधेसी जनताको आन्दोलन भयो भन्ने प्रश्न उठ्यो ।’ नभन्दै यादवले भनेजस्तै नै भइरहेको छ । त्यहाँका जनतालाई राज्यसत्तासँग राजपाको असन्तुष्टि देखाइएको छ तर, लगातार दुई पटक राजपाले नै मतदान गरेका ब्यक्ति प्रधानमन्त्री बनाएर राजपाले आफैं राज्यसत्ताको प्रमुख हिस्सेदार सावित गरिसकेको छ । अनि त्यसअघि सरकारको नेतृत्व गर्दा तराई मधेसमा उल्लेख्य विकास कार्यक्रम र बजेट लैजाने एमालेको विरोध गर्ने काममा राजपा, कांग्रेस र माओवादी एकैठाउँ उभिएको देख्दा जनताले सहजै अनुमान लगाउने विषय बन्यो– मधेसको वास्तविक विरोधी त कांग्रेस, माओवादी र राजपाको सत्तासीन गठबन्धन पो हो ।  त्यसैले पछिल्लो पटक तराई मधेसमा राजपा लगायत अन्य मधेसकेन्द्रित दल र कांग्रेस एमालेका समेत कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । गत एक महिनालाई मात्रै आधार बनाउने हो भने पनि एमालेमा विभिन्न दलका सयौं नेता तथा कार्यकर्ता प्रवेश गरिसकेका छन् । तीन दिन अगाडि मात्रै  राजपा कोषाध्यक्ष यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरे । उनीहरू आइतबार एमाले प्रवेश गरेका हुन् । यादव र महासेठ दुवै मधेसमा राम्रो पकड बनाएका नेता मानिन्छन् । त्यसअघि गत जेठ १३ गते राजपाकै सहमहामन्त्री समिम मियाँ अन्सारी सहित सयौं कार्यकर्तालाई माइतघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराइएको थियो ।  यसै साता सिराहाका पूर्वसांसद पारोदेवी यादव र उनका छोरा माओवादी केन्द्रका नेता डा.नवीन यादवसहितको समूह पनि एमाले प्रवेश गरेको थियो । फोरम लोकतान्त्रिकबाट माओवादीमा पुगेका यादव चुनावको मुखमा एमालेमा प्रवेश गरेका हुन् । एमालेका पूर्वसांसद हेमनारायण यादवका हत्यारालाई कारवाही गराउन पार्टीले पहल नगरेको भन्दै पारोदेवी र नवीन एमाले छाडेर फोरमतिर लागेका थिए । उनीहरू सिराहा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबीच एमाले फर्किएका थिए । पोलिटब्युरो सदस्य रामचन्द्र झा एमाले छोडेर माओवादी प्रवेश गरेका बेला उनीसँगै बाहिरिएका प्राज्ञ तथा साहित्यकार रमेशरञ्जन झा पनि एमाले प्रवेश गरेका छन् ।  सङ्घीय समाजवादी फोरम नेपाल परित्याग गरेका सुखराम यादव पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत महिनाको अन्तिम साता एमाले प्रवेश गरेका हुन् । यादवसँगै राजपाका स्थानीय नेता सुरेश सिंह, हेमशंकर सिंहलगायत एमाले राजविराज नगर कमिटीले आयोजना गरेको कार्यक्रमबीच एमाले प्रवेश गरे ।  वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृ संगठन मधेसी मुक्ति मोर्चाका केन्द्रयी सदस्य अनिल सिंह पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सदस्य समेत रहेका उनी सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । गत शनिबार सिद्धार्थनगर वडा नं ८ द्वारा भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनी एमाले प्रवेश गरे ।  नेपाली कांग्रेस धरानका पूर्व उपाध्यक्ष धनबहादुर राई पनि एमालेमा प्रवेश गरेका छन् । राईसँगै काग्रेसकै कृष्ण परियार पनि यो साता नै एमाले प्रवेश गरेकी छन् । नेपाली काग्रेसभित्र सरल र ईमान्दार नेताका रूपमा चिनिने राई आईतवार एमालेमा प्रवेश गरेका हुन् ।  राजविराजमा पनि राजपाकै केन्द्रीय सदस्यहरूसहित दर्जनौँ कार्यकर्ता अघिल्लो साता एमाले प्रवेश गरे । नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामप्रित पासवानले उनीहरूलाई टीका लगाएर एमालेमा स्वागत गरेका थिए । एमाले नगर कमिटी राजविराजद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्यद्वय सुरेश सिंह, लाल मोहम्मद, दलित जनजाती पार्टीकी केन्द्रीय सदस्य पारोदेवी खंग, फोरम नेपालका प्रदेश सदस्य सुखराम यादव, तत्कालीन नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंहलगायतले प्रवेश गरेका हुन् ।  त्यसैगरी नेपाली कांग्रेसका बालेश्वर मिश्र, कुन्ती मिश्र, मो. तफेजुल, माओवादी केन्द्रका हजरत अली, गंगाराम मण्डल, मालेका मुख्तार अंसारी, नेमकिपाका गणेशी साह, पूर्व सहायक वन अधिकृत विशेश्वर दास, ऐशा खातुन, बेचनी खंग, सजना चौधरी, बबीता मण्डल, बेबी कर्ण, सतिश साह, रामप्रसाद शर्मा, राजपाका ललित मण्डल, अशोक मण्डल, मिश्रीलाल यादव, लाल मियाँ, हिरालाल मण्डल, रघुनन्दन मण्डललगायत सबै एमाले प्रवेश गरे ।  एमाले प्रवेश गर्ने यो माथिको सूची त पछिल्लो एक साताको मात्रै हो । त्यसअघि नै सिराहका पूर्व मेयर मुन्नी साह, बीरगञ्जका ब्यवसायी बसरुद्दिन अन्सारी, राजपा सप्तरीका जिल्लास्तरका अन्य धेरै नेता एमाले प्रवेश गरेका थिए । विगत एक महिनायता एमाले प्रवेश गर्नेको नाम खोज्दै जाँदा हजारौंको सूची फेला पर्छ ।  तराई मधेसमा एमाले प्रवेशलाई लिएर कांग्रेस, माओवादी बृत्तमा पनि सानोठूलो भुइँचालो नै गएको छ । उनीहरु चुनावको मुखमा एमालेबाट टिकट लिन उनीहरु एमाले प्रवेश गरेको भन्ने ओठे प्रतिक्रिया जनाउँछन् । तर, पार्टी प्रवेश गरेका मध्ये केहीले मात्रै प्रदेश नम्बर २ का स्थानीय तहमा टिकट पाएका छन् । एमाले प्रवेश गर्नुको खास कारणचाहीँ तराई मधेसको लागि उल्लेख्य काम गरेको एमाले विरुद्ध सवै मिलेर निषेधको राजनीति गरिनु नै रहेको उनीहरु वताउँछन् ।  ‘जसले लगातार शेरबहादुर र प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफैं सत्तापक्ष बन्यो, उसले देखावटी रुपमा मधेसको नारा लगायो र मधेसका लागि विकास परियोजना र बजेट दिने एमालेमाथि निरन्तर निषेधको प्रयास गर्यो’ उनीहरु भन्छन्, ‘जो जो सत्तापक्ष छन् र आफूलाई विद्रोही हुँ भन्दै सवै मिलेर यहाँ केही काम गरेको एमालेमाथि प्रहार गर्छन् भनेपछि मधेस विरोधी को रहेछ बुझिंदै आयो ।’ त्यसै कारण मधेसमा एमाले प्रवेशको लहर चलेको उनीहरुले विश्लेषण सुनाए ।   - See more at: http://www.chakrapath.com/content/uml-madhesh.html#sthash.CmAwm7N8.dpuf
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture