• Breaking News

    Tuesday, June 20, 2017

    १ दिनमा नै साडे ३ लाख दर्शकले हेरे प्रेमगीतको ट्रेलर, कतै तपाई पो छुट्नु भयो की ! (भिडियो)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको १ दिनमा नै यसले साडे ३ लाख दर्शक पाएको छ । ट्रेलर यूट्युवमा सार्वजनिक भएको छोटो समयमा नै प्रेमगीत २ ले साडे तीनलाख बढी भ्यूअर्स मात्रै कमाएन नयाँ किर्तीमानी समेत कायम गरेको छ । सन्तोष सेनको लगानीमा रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गते रिलिज हुँदैछ ।



    चलचित्रमा निर्माता सेनका साथै प्रदीप खड्का, अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् । प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ । ट्रेलरमा नेपालकामात्र नभएर थाइल्याण्डसम्मका दृश्यलाई समेटिएको छ भने ट्रेलरमा निर्माता सन्तोष सेन निकै नै आक्रमक रुपमा खलपात्रको रुपमा देखिएका छन् ।

    पछिल्ला दिनमा युट्युबमा प्रेमगीत २ को गीतले एकछत्र राज गरिरहेका बेला ट्रेलरले निकै नै राम्रो प्रतिक्रिया पाइरहेको निर्माण यूनिटले जनाएको छ । निकै नै ठूलो बजेटको दिपेन्द्र सरकार नामक फिल्मको घोषणा गरेका निर्माता सेनले प्रेमगीत २ को फिल्मी माहोल देखेर थप उत्साह जागेको बताएका छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture