• Breaking News

    Wednesday, June 21, 2017

    साउदी अरबका राजा शेख सलमानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई आफ्नो उत्तराधिकारी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    साउदी अरबका राजा शेख सलमानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई आफ्नो उत्तराधिकारी बनाएका छन् ।
    अब शेख सलमान बिन अब्दुलअजिज अल सउदपछि साउदी अरबको राजा उनका छोरा हुनेछन् ।

    राजा सलमानले यसअघि भतिजा मोहम्मद बिन नायफलाई उत्तराधिकारी बनाएका थिए । उनको अघिकार खोसेर अहिले छोरालाई सुम्पिएका छन् ।
    ३१ वर्षीय सलमान साउदी अरवका उपप्रधानमन्त्री पनि बन्नेछन् । अहिले उनी साउदीका बिदेशमन्त्री हुन् ।

    साउदी अरवको सरकारी मिडियाका अनुसार ५७ वर्षीय मोहम्मद बिन नायाफलाई गृहमन्त्रीको पदबाट पनि हटाइएको छ । अरवी समाचार एजेन्सी एसपिएका अनुसार नायफले नयाँ युवराज मोहम्मद बिन सलमानप्रति राजनिष्ठा देखाएका छन् ।
    राजा सलमान ८१ वर्षका छन् र २०१५ मा आफ्ना भाई अब्दुल्लाह बिन अजिजको मृत्यु भएपछि साउदी अरवका राजा बनेका थिए ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture