• Breaking News

    Friday, June 9, 2017

    नाकाबन्दीपछि यस्तो हुँदैछ कतारमा (ताजा अपडेट)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतार News
    साउदी अरेबियासहित ६ देशले घोषणा गरेको नाकाबन्दीको असर कतारमा देखिन थालेको छ । वार्ताको लागि पहल भइरहेको भनिएपछी अहिलेसम्म वार्ता हुन नसकेपछि त्यहाँको अवस्थामा उतारचढाब देखिएको छ । साउदी अरेबियाले कतारका कूटनीतिज्ञलाई देश छोड्न दिएको अल्टिमेटम सकिएपछिको अवस्था के छ भन्ने बारेमा शुभयात्रा टिमले कतारमा बस्ने विभिन्न नेपालीहरू तथा अन्तर्राष्ट्रिय समाचार माध्यमहरूको सहयोगमा यो सामाग्री तयार पारेको छ ।

    कुवेतले समस्या समाधानको लागि वार्तामा सहजीकरण गर्न तयार रहेको जनाएको छ ।
    अफ्रिकी देश मौरिटानियाको कतारी राजदूतावास अगाडी स्थानीयले कतारको साथमा रहेको भनेर प्रदर्शन गरेका छन् । उनीहरूले कतारमाथी प्रतिबन्द लगाउने आफ्नै सरकारको विरोध गरे
    फिलिपिन्सले आफ्ना नागरिकलाई कतार जान प्रतिबन्ध लगाएको छ । १ लाख भन्दा धेरै फिलिपिनी नागरिकहरू कतारमा छन् ।
    फिलिपिन्सको यो निर्णयले नेपालीहरूमा पनि चिन्ता थपेको बुझिएको छ
    किनकि नेपालबाट पनि कतारमा धेरै नेपालीहरू जाने गरेका छन्
    त्यहाँ रहेका नेपालीहरूको अवस्था कस्तो हुने भन्ने केही निश्चित छैन
    यसले कतारको ग्याँस निर्यात रोकिएको छैन तर आल्मुनियमको निर्यात भने रोकिएको छ । यही अवस्था कायम रहे त्यस्ता उद्योगहरूमा काम  गर्ने नेपालीहरूलाई असर गर्न सक्छ
    मारोक एयरलाइन्सले पनि कतार ट्रान्जिटलाई प्रतिबन्ध लगाएको छ
    साउदी अरेबियाले कतार एयरबेजको लाइसेन्समा प्रतिबन्ध लगाएको छ
    कतारको केन्द्रीय बैङ्कले सबै कतारी रियाल बेच्न र फेरी नकिन्न बैङ्कहरूलाई भनेको छ
    इरानले पठाएको खाना कतार आइपुगेको छ
    साउदीले कतार सँगको सिमाना बन्द गरेको छ
    आशा छ कतारको समस्या चाँडै समाधान होस् । त्यहाँको समस्याको कारण कसैले पनि रोजगारी गुमाउनु नपरोस् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture