• Breaking News

    Wednesday, June 21, 2017

    कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कोरियामा फेरि एक नेपालीको मृत्यू भएको छ। बिहिबार मात्र गजेदोको देउ कम्पनिमा दुर्घटनामा परि लाल बहादुर थापाको मृत्यु भएको घटना नसेलाउदै  सुक्रवार बिहानै अर्को दुखद घटना सुन्न परेको छ ।

    सौल नजिकै खिम्पो शहर स्थित प्लास्टिकको दाना  बनाउने  कम्पनीमा कार्यरत म्याग्दीका शिवकुमार कार्कीको सुतेकै अवस्थामा निधन भएको म्याग्दी समाज (मोना )कोरियाका अध्यक्ष लोक बानियाँले फोनिज कोरियालाई वताए ।

    बानियाँका   अनुसार ९ महिना अघि ई पी एस मार्फत कोरिया  आई कार्यरत कार्की हिजो सुतेको तर आज बिहान ८ बज्दा पनि ढोका नखुलेपछि साहुले झ्यालको लग तोडेर खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए। २७ बर्षिया कार्की अविवाहित भएको र  नेपालमा मृतकको बुबा आमा ,२ बहिनि र १ भाई रहेको बुझिएको छ । उनको मुर्तु असार २ गते भएको हो

    म्याग्दी समाजका अध्यक्ष लोक बानियाँका अनुसार अहिले मृतकको लाशलाई किम्पो स्थित न्यु कोरे अस्पतालमा  पोस्ट मार्टमका लागि राखिएको छ। ‘ नेपाली दुताबास र नेपाल घर परिवारमा समेत जानकारी गराइएको छ,’ बानियाँले भने । कम्पनिमा अन्य ६ जना नेपाली कार्यरत छन् । बानियाँ साथीहरु सहित मृतकको बारेमा बुझ्न कम्पनि र अस्पताल पुगेका थिए।

    केही दिन अघि मात्र थेगु स्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ बर्षिय समुन्द्र केसीले आत्माहत्या गरेका थिए । त्यस्तै गत हप्ता (जुन ९ ) मात्र ख्यांगीदोको पुछन स्थित फर्नीचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार विकको कार्यस्थलमै दुर्घटाना परी निधन भएको छ । हाल कोरियामा औधोगिक दुर्घटना र सुतेकै आवस्थामा निधन हुने तथा आत्माहत्या गर्नेको संख्या बढ्दो छ । यस्ता घटनालाई न्युनिकरण गर्न सम्बन्धीत नियकको तडकारो ध्यान जान आवश्यक छ ।

    source :-fonijkorea.net
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture