भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यूएईको मन्त्रीले छिमेकीसँग वार्ता गर्नुको साटो इरान र टर्कीसँग सहयोग खोजेको भनेर कतारको आलोचना गरेका छन् । यसो गर्नु दुखद् हुनसक्ने चेतावनी पनि दिएका छन्
साउदी अरेबियाले त ५९ मान्छे र १२ आतङ्कवादी सङ्गठनलाई कतारले सहयोग गरेको भनेर बिज्ञप्तीनै निकालेको छ
कतारले आफ्ना नागरिकहरूलाई सामाजिक सञ्जालहरूमा कतारलाई गाली गर्नेगरी आएका सबै सन्देशहरूमा कुनै उत्तेजक प्रतिक्रिया नदिन भनेको छ । उसले भनेको छ ‘हामी यस्तो कुरा पचाउन सक्छौ किनकि हामीलाई यथार्थ के हो थाहा छ’
संयुक्त राष्ट्रसंघले समस्या समाधानको लागि पहल गर्न तयार रहेको बताएको छ
यूएईले खाडी मुलुकमा नयाँ सङ्कटको उदय हुने सम्भावना हुने बताएको छ
कतारका जहाजहरूले प्राकृति ग्याँस इङ्ल्याण्ड लैजाने समुन्द्रको बाटो परिवर्तन गरेको छ
कतारको विदेशमन्त्रीले कतारले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने र जसरी पनि डटेर लड्ने भनेका छन्
यूएईले कतार एयरबेजको वेबसाइट आफ्नो देशमा नखुल्ने बनाएको छ
पाकिस्ताने कतारबाट ग्याँस ल्याउन नछोड्ने बताएको छ
नाकाबन्दी लागेको दिन झरेको कतारको स्टक मार्केट बिस्तारै उकालो लागेको छ
के त्यहाँ खानाको अभाव हुनसक्छ ?
बिहीबार केही हल्ला आएका थिए तर कतारले त्यसको खण्डन गरेको छ
उसका अनुसार कतारमा पर्याप्त खानेकुरा भण्डारण गरिएको छ र शुक्रवार बिहानैदेखि सबै स्टोरहरूमा खाना पर्याप्त भएको देखिएको छ
जहाजहरूले भने आफ्नो उडान रूट परिवर्तन गरेका छन्
Source : Aljazeera
सेयर गर्नुहोस
Loading...
No comments:
Post a Comment