• Breaking News

    Wednesday, June 21, 2017

    आमा पर्खिरहेको खबर पढेर मलेसियामा हराएको छोरो फर्कियो, अनुहार हेरेर बितिन् आमा

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    सोमबहादुर त्यो दिन साथीको कोठामा पुग्नुभएको थियो । साथीले सोमबहादुरको खबर सोध्नु अघि नै तेरो बारेमा त यस्तो न्युज पो आएको रहेछ भन्दै मोबाइलमा देखाइदिए ।

    उहाँ मलेसिया गए%8क्नुभएको थियो । त्यही खबर फाल्गुन २७ गते उज्यालो अनलाइनमा प्रकाशिकी आमा त छोराको बाटो हेर्दा हेर्दै होस हराए जस्तै भइसक्नुभएको थियो । त्यही खबर फाल्गुन २७ गते उज्यालो अनलाइनमा प्रकाशित भएको थियो ।

    त्यो देखेपछि सोमबहादुरको मन एक पल पनि मलेसियामा अडिएन । उहाँसँगै साथीहरुले उहाँ काम गर्ने कम्पनीको सुपरभाइजलाई मोबाइलमा खबर देखाउँदै घर जान दिन आग्रह गरे । खबर देखेर सुपरभाइजरले पनि छुट्टी दिएपछि उहाँ गएको वैशाख ५ गते काठमाडौं फर्किनुभयो ।



    वैशाख ६ गते सोमबहादुर घर पुग्दा आमाको अवस्था खबरमा भने जस्तै थियो । त्यसैले उहाँले आमासँग दोहोरो कुरा गर्न पाउनुभएन । ‘मलाई छामेर आमा रुनु भयो । म पनि रोएँ ।’ भन्न नपाउँदै सोमबहादुरका आँखा भरिए ।

    भाइ आएको भोलिपल्ट परशुरामले उहाँकै घरमा खाना बनाउनुभएको थियो । आमासँग बसेर परिवारका सबैलाई खाना खुवाउने तयारी गर्नुभएको थियो परशुरामले । त्यसैले सोमबहादुर बेलुका सात बजे आमालाई लिएर दाजुको घर पुग्नुभएको थियो तर घरभित्र पस्न नपाउँदै विष्णुमाया ढल्नुभयो । त्यो पनि कहिल्यै नउठ्ने गरी । छोराको मुख हेर्ने विष्णुमायाको इच्छा पूरा भयो अनि आमासँग भेट्ने सोमबहादुरको चाहना पनि । तर विष्णुमायाले मनमा भएका कुरा छोरासँग भन्न पाउनुभए अनि सोमबहादुरले आफू मलेसियामा हराउनुको कारण सुनाउन पाउनुभएन ।

    सोमबहादुर विदेश जाने बेला गाउँबाट कमै मात्र विदेश गएका थिए । उहाँले पनि विदेश जाने सोच्नुभएको थिएन तर परिवार चलाउन विदेश जानु भन्दा अर्को विकल्प पनि देख्नुभएन । त्यसैले स्थानीय एजेन्ट रत्नलाल श्रेष्ठलाई डेढ लाख रुपैयाँ दिएर २०६३ सालमा मलेसिया जानुभयो ।

    मलेसिया पुगेपछि पानी जहाजमा कन्टेनर लोड अनलोड गर्ने काम गर्छु भनेका सोमबहादुरले तीन वर्षमा एक लाख ५० हजार रुपैयाँ पठाउनु पनि भयो । तर त्यसपछि भने उहाँ सम्पर्कविहीन हुनुभयो ।

    यताबाट फोन गर्दा लाग्दैनथ्यो तर सोमबहादुरले भने बेला बेला फोन गर्नुहुन्थ्यो । त्यसैले उहाँले वर्षमा तीन चार पटक मात्रै फोन गर्नुभयो । फोन गर्दा राम्रैसँग बोल्ने सोमबहादुरलाई श्रीमती पम्फामायाले पैसाको कुरा गर्ने बित्तिकै कुरा फेरिहाल्नुहुन्थ्यो । ‘मैले पैसा पठाउनुहुन्छ कि भनेर सोध्थें तर उहाँले कमाइ छैन, अनि के गर्नु भन्नुहुन्थ्यो’ पम्फामायाले भन्नुभयो ‘त्यसो भए घर फर्किनु न त भन्दा दसैँमा आउँछु मात्रै भनिरहनुहुन्छ ।’ सोमबहादुरले श्रीमतीलाई दसैँमा आउँछु भनेपछि ६ वटा दसैँ गए उहाँ फर्किनुभएन ।

    ‘कमाइ हुन्जेल पठाएँ पनि तर कमाइ नै हुन छोडेपछि के भनेर फोन गर्नु’ घरमा फोन पनि नगर्नुको कारण सुनाउँदै सोमबहादुरले भन्नुभयो, ‘कमाउन विदेश गएकाहरुसँग परिवारको आश भइहाल्छ अनि कमाइ नै छैन भनेर कसरी भन्नु भनेर सम्पर्कविहिन भएर बसें ।’

    आज होला कि भोलि होला कि भन्ने आशमा परिवारसँग सम्पर्कविहीन भएको ७ वर्ष हुँदा पनि उहाँलाई घर फर्किने सोच आएको थिएन ।

    त्यहीबिचमा उहाँ जेल पर्नुभयो । होटलमा खाना खान गएका बेला झगडा परेकाले हेर्न जाँदा होटलको साहुले यो पनि चोर्न आएको भन्दै प्रहरीको जिम्मा लाएपछि तीन महिना जेल बस्नुपरेको उहाँले सुनाउनुभयो ।
    जेलबाट छुटेकै दिन साथीको कोठामा पुगेका सोमबहादुरले त्यहीँ आमाले पर्खिरहेको खबर देख्नुभएको हो । ‘तपाईंहरुले खबर छापिदिएपछि छोरालाई हेर्ने आमाको इच्छा त पूरा भयो तर त्यो खुशी एक दिनको मात्रै रहेछ’ परशुरामले भन्नुभयो ।
    अब उहाँ विदेश नजाने निर्णयमा पुग्नुभएको छ ।

    तीन छोरीमध्ये जेठी १७, माइली १५ अनि कान्छी १२ वर्षकी भइन् । जेठी छोरीलाई बिहेका लागि माग्न आएको पनि धेरै भइसक्यो । त्यसैले अब छोरीको बिहे गर्ने अनि गाउँमै केही काम गरेर बस्ने योजनामा हुनुहुन्छ । उज्यालो  बाट
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture