• Breaking News

    Sunday, May 21, 2017

    अर्घाखाँची सेवा समाज कतार द्वारा बिबिध साँस्कृतिक कार्यक्रम तथा मिलन समारोह सम्पन्न

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    टेकराज थापा, कतार। अर्घाखाँची सेवा समाज कतार द्वारा बृहत साँस्कृतिक तथा मिलन समारोहको आयोजना गरि सनैया स्थिति रोटाना होटलको सभा हलमा भव्यताका साथ सम्पन्न गरेको छ।
    सस्थाका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्व र प्रमुख अतिथि क्रान्ति सिंह अतिथित्वमा महासचिब टेक राज थापाको सञ्चालनमा कार्यक्रममको ब्यानर अनावरण दिप प्रज्वलन गरि राष्टिय गान,हाम्रा हरेक परिवर्तनमा सहिद हुनु भएका सहिदहरु प्रति मौन धारण गरि सुभारम्भ गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाईप्रथम उपाध्यक्ष केदार नाथ भुसालबाट स्वागत मन्तब्य गरिएको थियो।



    यसै गरि बिसेष अतिथिमा अर्घाखाँची सेवा समाजका बिशेष सल्लाहकार जितेन्द्र पाण्डे, एन. बि. रायमाझी, सल्लाहकार बेद राज अधिकारी उपस्थिति रहेको थियो । स्थानीय चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको उक्त कार्यक्रममा कतारमा बिशेष गरि जिल्ल्ला बासी बिचआन्तरिक कार्यक्रम भए पनि सुभचिन्तक क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यबसायी, बुद्धिजिबी,पत्रकार, कलाकार लगायत कतारको बिभिन्न क्षेत्रबाट जिल्ला बासि गैर जिल्ला बासीहरुको बाक्लो उपस्थिती रहेको थियो।

    अथितीहरुमा गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद् पाण्डे,मोना कतारका बरिष्ठ उपाध्यक्ष तिलु शर्मा,प्युठान सेवा समाजका उपाध्यक्ष बलदेब राना, ईलाम सेवा समाजकी उपाध्यक्ष रेनुका कार्की, सामाजिक अभियान्ता कृष्ण परियार, सन्ध्या गुरुप अलखोरका कोषाध्यक्ष सन्तोष के सी, हाम्रो आफ्नै जिल्ला बासि बौदिक ब्याक्तित्व नन्द बहादुर खड्का,नारायण बहादुर खड्का,अग्रज रेम बहादुर बस्नेत ,अर्घाखाँची सेवा समाज अन्तर्गत बाँगी सेवा समाजका अध्यक्ष कुल बहादुर केसी,युवा समाज सेबी छम परियार, दिवाकर पौडेल, अशिम महद,समाज सेबी कमल अर्याल, पत्रकार राजन लामा,मुग्लानी खबर डट कमका सन्तोष केसी,साझा नेटवर्क कतार,लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवि, व्यवसायी पत्रकारहरुको आतिथ्यता रहेको थियो।


    यसै गरि सस्थाको तर्फ देखि शुभकामना मन्तब्य संस्थाका केन्द्रिय सदस्य बिष्णु प्रसाद भुसालले राख्नु भएको थियो।गुल्मी सेवा समाजका अध्यक्ष बुद् पाण्डे,नन्द बहादुर खड्का,रेम बहादुर बस्नेत,बेद राज अधिकारी कुल बहदुर केसीले,शुभकामना मन्तब्य राख्नु भएको थियो।
    दोहाको स्थानमा आफ्नो साँगितिक क्षेत्रमा नाम चिनाउन सफल रहनु भएका चर्चित लोक गायक शरद पाण्डे,लोक तुल बहादुर परियार गायिका कमला गुरुङको उपस्थितिले दर्सकहरुलाई आफ्नो स्थानमा छम छम नाची रमाएको देखिन्थ्यो थियो ।
    यसै गरि ,हास्यकलाकार गुल्मेली माग्ने बुढाको नामले परिचित हास्य कलाकार सुरज बिसीले देशमा भई रहेको काल्पनिक बिषय बस्तुमा बिशेष गरि नेताहरुको अभिनय गर्दै उपस्थित सम्पूर्णलाई हसाएका थिए।युवराज खत्री,आधुनिक तथा पप अर्जुन रक,चर्चित डान्सर संचमाया तामाङ, भगबती बस्यालले कल्ले लाने हो मलाई डोलीमा चडाई भन्ने गीतको बोलमा आफ्नो नृत्यले उपस्थिति दर्शकमा उत्साहित बनाएको थियो।
    सुनिल परियार ,दिपेन्द्र बि.क,योगेन्द्र राई ,कृष्ण सेवन, नन्दा परियार, दिपेन्द्र बिसी, कृष्ण मित्रकोटी हास्यकलाकार कृष्ण काफ्ले,गोबिन्द न्यौपाने,दामोदर भुसाल लगाएत लगायत डेड दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो धमाका प्रस्तुती दिएर कार्यक्रम निकै सगिंतमय बनेको थियो ।भने संस्थाले कलाकार,र कार्यक्रमलाई बिशेष सहयोग गर्ने ब्यक्तीत्वहरु पुर्व सह-कोषाध्यक्ष सुदिप पाण्डे,पुर्व कार्य समिति सदस्य नारायण रानालाई,सभापति र प्रमुख अतिथि क्रान्ति सिंहको हातबाट कदर/ प्रशंसा पत्र प्रदान गरिएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि क्रान्ति सिंहले जिल्ला बासीको बाक्लो उपस्थिति रहेकोमा खुशि व्यक्त गर्दै आगामी दिनहरुमा पनि उहाँहरुको सुझाव सल्लाह र सहयोगको सधै आबस्यक पर्ने भएको हुदा संस्थाले जिल्लामा एम्बुलेन्स संचालन गर्ने घोषणा गरेको र उक्त एम्बुलेन्स अभियान देशमा प्राकृतिक दैविक परोपकारका कारणले हामिलाई असहज वातावरण श्रीजना भएको हुदा ढिलाई भएको महसुस गर्दै अहिले उक्त योजना तिब्र गतिमा चलिरहेको र एम्बुलेन्स खरिद गर्नेको लागि अहिले हामी सँग ५०% रकम हाम्रोसंस्थाकोएम्बुलेन्स समितिको बैंक खातामा रहेको जानाकारी दिएका थिए।
    यहाँका बिभिन्न संघ सस्था बुद्दिजिबि ब्यबसायिकहरुलाई पत्रचार गरिसकिएको जानकारी गराउदै उहाँहरुबाट सहयोग आउने क्रम जारि रहेकोले २०७४ दशैँसम्म देशको स्थिति फेर बदल नभए बिगतमा देशमा भएका बिभिन्न बन्द हर्ताल जस्ता कार्य नभए उक्त निर्धारित समयमा संस्थाले एम्बुलेस हस्तान्तरण गर्ने योजना बनाएको बताए ।
    यसमा कुनै दुई मत नरहेको यहाँ उपस्थिति जिल्ला बासि बीच जानकारी गराउदै बिगत लामो समय देखि ४ लाखाको हारा हारिको संख्यामा हामि नेपालीहरुको बाहुल्यता रहेको ठाउमा लामो समय देखि अभिवाबक बिहिन रहेको स्थानमा फेरी नयाँ राजदुत पाएकोमा हामी लाभान्वित र हाम्रा बिगतमा भएका श्रमिकहरुले सहनु परेका दुख पिडा र समस्याहरुको हामी नेपालीहरुलाई दु:खको बेला महलम लगाउने काम गर्नु हुनेछ भन्दै खुसि ब्यक्त गर्नु पर्ने बताउनु भयो।
    अन्तमा कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष ठाकुर कुमार परियारले हाम्रो निमन्त्रण सहज स्विकार गरि अति व्यस्तथातको बबावजुत पनि बिभिन्न स्थानबाट उपस्थिति हुनु भएका सम्पूर्ण जिल्ला बासि गैर जिल्ला बासि सम्पूर्णलाइ हार्दिक धन्यबाद प्रकट गर्दै बिशेष सांगीतिक कार्यक्रम रहेको हुदा यहाँ कतारमा रहनु भएका सांगीतिक प्रतिभाहरुलाई जमघाट गर्ने जो भर्खर भर्खर सांगीतिक क्षेत्रमा पहिलो कदम राख्नु हुने प्रतिभासालीहरुलाई उत्साहित गर्न उहाँहरुको आवाजलाई जनताको माझमा चिनाउन साँस्कृतिक जगेर्ना गर्न कार्यक्रमको आयोजन गरिएको बताए।
    समाजलाई परिवर्तन गर्ने एउटा सिधा माध्यम सास्कृतिक पनि हो। सास्कृतिकको माध्यमबाट समाजमा हुने गरेका अन्धविश्वास कुरीति, बिकृति, अन्याय अत्याचारको बिरुद्द प्रत्यक्ष रुपमा आवाज उठाई समाज परिवर्तनमा महत्वपुर्ण भुमीका खेल्ने हुदा हामीले त्यस्ता समाज परिर्वनका सुत्रलाई संगीतको माध्यमबाट ढालेर समाज र राष्ट्रलाई सधै चेतना जगाउनु पर्ने आवस्यक रहेको भन्दै, आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद प्रकट गरेका थिए ।
    सहयोगी मनका धनि उहाँहरुको आर्थिक भौतिक नैतिक सुझाब सल्लाह सस्थालाई जति बेला पनि खड्की रहने तर्क गर्दै सांगीतिक माहोललाई सब्यभब्य बनाउन आफ्नो अति ब्यास्ता बावजुत पनि दोहाको परिभेसमा भन्नु पर्दा प्रतिभासाली र संगीत प्रति माया राख्ने नयाँ भाई बहिनिहरुलाई प्रोसाहित गर्नु एकदम खुसीको कुरो हो भन्दै उहाँको सांगीतिक क्षेत्रको प्रगतिका पाहिलाहरु सधै अग्रसर रहुन भन्दै उहाँको सांगीतिक यात्रा सफलताको शुभकामना समेत दिए।
    यो माहोल बनाउन सस्थाका सदस्य साँस्कृतिक संयोजक अनिल कुमार परियारलाई बिशेष धन्याबाद दिदै, कार्यक्रमलाई ब्यबस्थित मर्यादित बनाउन सुरुदेखि अन्त सम्म भूमिका निभाउनु भएका केदार नाथ भुसाल, कोषाध्यक्ष राम प्रसाद पराजुली, अफजल मियाँ, बिष्णु क्षेत्री, स्यंमसेवक संयोजक बिष्णु प्रसाद, बोम बहादुर बस्नेत, हरि प्रसाद भुसाल, तिलक भुसाल, राजेन्द्र भुसाल, मणिराम बस्नेत, जी.बी. केसी, सन्जय खड्का, राजु खड्का राजेन्द्र पाण्डे त्यस्तै यातायात संयोजक बिष्णु बहादुर कुँवर, बलाराम पाण्डे, कृष्ण प्रसाद श्रेष्ठ,पूर्व कार्य समिति सदस्य नारायण राना लागएतलाई धन्याबाद प्रकट गरेका थिए।
    अर्घाखाँची सेवा समाजले आयोजना गरेको एम्बुलेन्स अभियान तिब्र गति दौडीरहेको आगमि दशैँमा जिल्लालाई हस्तान्तरण गरिने जानाकारी गराउदै कार्यक्रमलाई सुरु देखि अन्त्य सम्म बसेर साथ दिनु उपस्थिति मानुभाबहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम सौगात बाताबरण समापन गर्नु भएको थियो।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture