भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
एमाले प्रचार विभागद्वारा आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारको यो निर्णय गलत र गैरकानूनी भएको बताए।
उनले भने, ‘हाम्रा उम्मेदवारहरु तय भइसकेका थिए। कसले कति भोट ल्याउँछ भन्ने पनि देखिइसकेको थियो। यो सबै हिसाब गरेर स्थानीय तहको संख्या फेरबदल गरिएको छ। यो निर्वाचन परिणामलाई प्रभावित पार्ने खेल हो।’
उनले यो निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरे।
‘संख्या थप गर्ने निर्णयले निर्वाचन भाँड्ने देखिइसक्यो। सरकारले यो निर्णय सच्याउनु पछ,’ उनले भने, ‘यहाँ त राति उम्मेदवार हुन्छु भनेर सुतेको मान्छे, बिहान उठ्दा गाउँपालिकै छैन, यो कस्तो निर्णय हो?’
यसका साथै अध्यक्ष ओलीले १० बुँदे विज्ञप्ति जारी गर्दै टिकापुर लगायतका घटनामा दोषी देखिएकाको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिन पनि माग गरेका छन्। विज्ञप्तिमा संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिन पनि माग गरिएको छ।
Loading...
No comments:
Post a Comment