• Breaking News

    Sunday, May 21, 2017

    नरेन्द्र मोदीको हत्याको योजना बुनियो, हत्या गर्नेलाई ५० करोड रुपैयाँ दिने प्रस्ताव !

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले लेखेका छन् ।

    कुशल सोनीको विस्तृत परिचय खुलाइएको छैन । तर उनले सुरुमा उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई जानकारी गराएका थिए ।

    उनले फोन कलको रेकर्डसमेत प्रहरीलाई बुझाएका छन् । उनलाई उक्त प्रस्ताव गर्ने व्यक्ति भारतीय नै भएको आशंका गरिएको छ । गुजराती भाषाको लयमा ती व्यक्तिले कुरा गरेका कारण विदेशमा बस्ने कुनै भारतीयले नै यस्तो प्रस्ताव गरेको प्रहरीको अनुमान छ । प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरेको छ । (एजेन्सी)
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture