भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
चन्द्रमा हेरेपछि मात्रै
रमदान महिना सुरु भएको नभएको अघिल्लो दिनको चन्द्रमा हरेपछि मात्रै थाहा हुने गर्दछ । कतार इस्लाम मामिला मन्त्रालयले हरेक वर्ष चन्द्रमा हेर्ने दिन तोक्दछ । यो वर्ष २६ तारिख हेरिने लगभग तय भएको छ । तर खगोलिय हिसाब अनुसार यो वर्षको रमदान महिना २७ तारिख देखि सुरु हुने भनिएको छ ।
कामको समय अवधि छोटो हुने
रमदानको समय मुस्लिम धर्मावलम्बीहरुले वर्ष बस्ने हुँदा कतार लगायतका अरब मुलुकहरुमा काम गर्ने समय केही घटाउनुपर्ने नियम रहेको छ । कतारमा सरकारी कार्यलयहरुको लागि बिहान ९ बजे देखि २ बजे सम्म कार्य तालिका तोकिएको छ । निजी कम्पनीहरुको लागि साधारणतया ६ घन्टाको तालिका रहेको छ । तर यो कम्पनी अनुसार रहने गर्दछ । ६ घन्दा भन्दा बढी कामलाई अतिरिक्त समयमा जोडिने गरिन्छ ।
खान र पिउन सख्त मनाही
कतार लगायतका खाडी मुलुकहरुमा रमदानको समयमा सार्वजनिक स्थानहरुमा खान र पिउन अवैधानिक मान्ने गरिन्छ । यसमा धुम्रपान लगायत चुइङ्गम पनि पर्नेछ । कतारको नियम अनुसार वर्र्तको समयमा खाएको वा पिएको भेटिएमा ३००० रियाल र ७ वर्ष सम्मको जेल सजाय रहेको छ । त्यसैले वर्त नबस्नेहरुले कम्पनीले छुट्टै बनाइदिएको ठाउँमा खानपर्नेहुन्छ ।प्राय पसलहरु बन्द रहेपनि केही पसलहरुले खाने सामान बेच्ने भएपनि आफ्नो कोठामा लगेर खादाँ राम्रो हुनेछ ।
मदिरा पनि मनाही
मुस्लीम धर्म अनुसार मदिरा सेवन पनि नराम्रो मानिन्छ ।झन रमदान महिनाभर मदिरा खान अवैधानिक नै मानिन्छ । कतारको एक मात्र मदिरा बिक्रेता “कतार डिस्ट्रब्युसन कम्पनी” यो वर्ष मे २६ तारिख देखि इदको पहिलो दिन सम्मका लागि बन्द रहनेछ ।
आममाफी दिने समय
कतारमा जेलमा रहेका अपराधीहरुलाई आवश्यकता अनुसार नेशनल डे (डिसेम्बर १८) र रमदानको समयमा आममाफी दिने व्यबस्था रहेको छ ।
सात साल सम्मको सजाय
लेखेर,चित्र कोरेर,व्यङ्ग्य गरेर तथा अन्य क्रियाकलापले भगवान अल्लाह को अपमान गरेमा।
पवित्र किताब कुरानको गलत व्याख्या,अपमान वा उल्लघंन गरेमा।
इस्लाम धर्मको कुनै तरिकाले अपमान गरेमा।
मस्जीदमा तोडफोड,जथाभावी कोरेर,लेखेर वा अन्य तरिकाले क्षति पुर्याएमा।
Loading...
No comments:
Post a Comment