• Breaking News

    Monday, May 22, 2017

    भरतपुरबाट प्रचण्ड पुत्री रेणु दाहालको लागि आयो दुखद खबर, भर्खरैको मत परिणाम अनुसार आयो यस्तो नतिजा

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    भरतपुर – निकै चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ ।भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार रेणु दाहाल ३ हजार मतले पछि परेकी छन् ।

    एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले २३ हजार २ सय ८० मत पाएका छन् । ज्ञवालीलाई पच्छाइरहेकी कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले २० हजार ३ सय ७८ मत ल्याएकी छन् ।

    यस्तै उपमेयरमा माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार पार्वती शाहले २३ हजार ३ सय ९६ मत प्राप्त गर्दा एमाले उम्मेदवार दिब्य शर्मा आचार्यले २० हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।



    महानगरको आज मात्रै वडा नम्बर ११, २८ गणना गरिसकिएको छ । वडा नम्बर ११ मा एमालेका उम्मेदवार बाबुराम अधिकारी र वडा नम्बर २८ मा एमाले उम्मेदवार आशबहादुर कुमालले प्यानल सहित जित हात पारे । यी दुबै वडा एमालेका बलिया वडा हुन् ।

    वडा नम्बर १२ मा पनि एमाले अगाडि छ । भरतपुर महानगरपालिकाका कुल २९ वडामध्ये हालसम्म १३ वटा वडाको मत गणना गरेर सकिएको छ । त्यसमध्ये एमाले वडा नम्बर २, ५, ७, ९, १०, ११, २८ र २९ मा बिजयी भएको छ भने कांग्रेसले वडा नम्बर १, ३, ६ र ८ जितेको छ ।

    Source :- news.gulfact
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture