• Breaking News

    Sunday, May 21, 2017

    त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा, सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा । ~ रञ्जना न्यौपाने

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    प्रदेशमा काम गर्ने युवा हरुलाई लक्षित गरि रञ्जना न्यौपाने  ज्युले कान्तिपुरमा लेख्नु भएको कविताले मन छोएर आयो त्यसैले सेयर  नगरी बस्न सकेन !

    त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा
    सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

    नेपाली हरु प्रदेशमा काम गर्छन त्यो पनि आजभोलीको चर्को गर्मि मौसममा न चिसो पानि पाईन्छ, त्यसैमा घरको आफ्नै पिडा प्रदेश जाउँ भनेर साहु बाट लिएको ऋण सम्झिदा त प्रदेशमै मरिन्छ कि झैं लागेर आउँछ !

    त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा
    सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

    कमाएर दुई चार पैसा परिवार खुशी पार्न,
    कल्पिएर तिनै दिन पीडाहरु लुक्छ आमा ।

    निद्रा छैन भोक छैन, कामैकाममा बेरिएछु,
    हेर्छु यो देशको हालत अनि शिर झुक्छ आमा ।

    लाखौं युवा पिल्सिएछन् यो खाडी मुलुकमा,
    गाउँघरको याद आउँदा यो मन त्यतै रुक्छ आमा ।

    के छ र यो जिन्दगी आखिर खरानी हुनु छ,
    बाँचुन्जेल हाँसी-खुशी बाँच्न पाए पुग्छ आमा ।

    कान्तिपुर बाट रञ्जना न्यौपाने ज्युले लेख्नु भएको गजल
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture