भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
घटना हो, सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँको ।
१७ वर्षीया युवती मनिषालाई एउटा सर्पले यसअघि ३३ पटकसम्म सर्पले टोक्यो भने ३४ औं पटक टोकेपछि उनी अस्पताल पुगेकी छिन् । तर अचम्म के छ भने यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । त्यसैले त डाक्टरहरु अचम्ममा परेका हुन् ।
समाचारअनुसार तीन वर्षदेखि एउटा सर्प मनिषालाई लगातार पछ्याइरह्यो भने घर, स्कूल, उनी जता गएपनि सर्प आएर डस्ने गथ्र्यो ।
यस्तैमा पछिल्लो पटक मनिषा आमासँगै जंगलमा घाँस काटिरहेकी थिइन्, यति नै बेला सर्पले उनलाई टोक्यो । उनलाई अर्धचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । नाहान अस्पतालमा ५–६ घण्टापछि मनिषालाई होस आयो र उनले आफूमाथि बितेको पुरा घटना बताइन् ।
उनका अनुसार उक्त सेतो सर्प उनले मात्रै देख्छिन् । जब यो सर्प आउँछ तब उनी हल्लिन पनि सक्दिनन् न त चिच्याउन नै । उनलाई डसेपछि सर्प जान्छ र केही बेरपछि विष पनि शरिरबाट उत्रन्छ ।
तीन वर्षयता भइरहेको यो घटनाको अचम्म अर्को के छ भने चमत्कारिक ढङ्गले हरेक पटक विष निस्कन्छ । उनलाई तीन–चार पटक मात्रै अस्पताल पुर्याइएको थियो ।
उनका परिवारले यसबारे ज्योतिषीसँग पनि कुरा गरे । ज्यातिषिका अनुसार मनिषाको नागसँग पूर्व जन्मको सम्बन्ध छ । जसका कारण उनलाई नाग आउने पूर्वाभास हुन्छ र नाग आउनेबित्तिकै उनी मोहित हुन्छिन् ।
जे जस्तो कारण भएपनि थुप्रैपटक सर्पले टोक्दा पनि उनलाई विष नलाग्नुले भने मेडिकल साइन्समा भने चुनौति थपिएको समाचारमा उल्लेख गरिएको छ ।
–अमर उजालाको सहयोगमा
Loading...
No comments:
Post a Comment