• Breaking News

    Monday, May 1, 2017

    कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    १८ बैशाख, काठमाडौं । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ ।

    कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त भएका गोपाल पराजुली विरुद्ध महाअभियोगको तयारी भएको हो ।


    यो महाअभियोग अरु कुनै दलले नभई कार्की विरुद्ध महाअभियोग लगाएपछि चर्को विरोधमा उत्रेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको हो ।

    एमाले उच्च श्रोतले नेपाली हेडलाइन्ससँग भन्यो, ‘कार्यवाहक प्रधानन्यायाधिश विरुद्ध महाअभियोगको तयारी भइरहेको छ, तर निर्णय भइसकेको छैन । सम्भवत छिट्टै निर्णय हुन्छ ।’

    पराजुली विरुद्ध एमालेले नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो । एमाले श्रोत भन्छ, ‘महाअभियोग लगाउनका लागि अभियोग लगाउन त समस्या छैन । केही न केही भइहाल्छ, पुष्टि हुने नहुने पछिको कुरा हो ।’

    यस विषयमा एमाले भित्र उच्च तहमा छलफल भइरहेको श्रोतको भनाई छ । यो विषयमा आजको स्थाई कमिटि बैठकमा छलफल हुन्छ त ? भन्ने नेपाली हेडलाइन्सको प्रस्नमा श्रोत भन्छ, ‘स्थाई कमिटिमा नहुन पनि सक्छ । शिर्ष तहमा छलफल भएको छ ।’
    तर एमाले सचिव प्रदिप ज्ञवालीले भने उक्त कुरा अस्वीकार गरे ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture