भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
षय बनेको हो ।
स्रोतका अनुसार निलम्बित प्रधानन्यायधीश कार्कीविरुद्व दुर्इ दलले महाभियोग लगाउने विषयमा पछिल्लो एकसातादेखि छलफल जारी थियो । स्रोतका अनुसार कार्कीले १९ वैशाखमा आइजीपी प्रकरणमा डिआइजी नवराज सिलवालले हालेको रिटमाथि सुनुवार्इ गर्दै सरकारविरुद्व फैसला गर्ने संकेत सरकारले पाएको थियो ।
कार्कीले बैशाख १९ गते नवराज सिलवाललाई पूरै कार्यकाल आइजीपी बनाउने आदेशसहितको निर्णय सुनाएर फुली लगाइदिएर विदामा बस्ने अन्तीम तयारी गरेकी थिइन् । ‘कार्यपालिकामाथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सैह्य हुँदैन । कार्यपालिकाले गरेको निर्णय उल्टाउने र एउटा व्यक्तिको पक्षमा हात धोएर लाग्ने काम गरेकाले सुशीलामाथि महाअभियोग लगाउनुपरेको हो ।’ स्रोतले भन्यो । स्रोतले थप्यो – ‘जयबहादुरलाई आइजीपी नबनाउ भनियो, हामीले बनाएनौं ।
कार्यसम्पादनका आधारमा बनाऊ, भनियो, हामीले त्यसै गर्यौं । यसवीचमा सिलवालले कीर्ते गरेको छानविनबाट पुष्टि भयो, उनलाई सुशीला कार्कीले नपक्र, छानविन नगर भनिन् । त्यसपछि अझै अगाडि बढेर उनी आफैं फुली लगाइदिन लागि परिन् ।’ यत्ति मात्रै होइन, सिलवाललार्इ फुली लगाउनुका साथै कार्कीले प्रधानमन्त्रीलार्इ अपहेलनाको अभियोग लगाउने सुचना पाएपछि प्रधानमन्त्री प्रचण्डले उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि छलफल थालेका थिए ।
कार्कीमाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानमन्त्री प्रचण्डको विरुद्वमा रचिएका षड्यन्त्रहरु असफल भएको प्रधानमन्त्री निकट स्रोतको दावी छ । स्रोतका अनुसार एमाले पनि यो विषयलाई चर्काएर प्रचण्डलाई असफल पार्ने खेलमा लागेको थियो । यदि कार्कीले प्रधानमन्त्रीविरुद्वको अपहलेना अभियोग लगाएको खण्डमा नैतिकताको आधारमा प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुने निश्चित थियो ।
Loading...

No comments:
Post a Comment